धनगढी, फाल्गुन १७/ कैलालीको घोडाघोडी नगरपालिका बाट अवैध सालको कडी सहित २ जनालाई नियन्त्रणमा लिएको छ । सोमबार बिहान ६ बजे तिर वडा नम्बर ४ को मेलघट्टी सामुदायिक वनको सिमाना पर्ने सिमली खोला बाट एउटा ट्याक्टर सहित,सालको कडी र २ जनालाई नियन्त्रणमा लिएको बताइएको छ ।
मोहन्याल गाउँपालिका ३ शान्तिनगर बाट काठ चिरानी गरी ल्याउदै गरेको अवस्थामा सिमली खोला ट्याक्टर, सालको कडी र २ जनालाई नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय सुखडका प्रमुख समीर थापाले बताए । विशेष सूचनाको आधारमा सब डिभिजन वन कार्यालय र इलाका प्रहरी कार्यालय सुखडको टोलीले नियन्त्रणमा लिएको उनले बताए । थप कुरा अनुसन्धान भई रहेको सब डिभिजन वन कार्यालय सुखडले जनाएको छ ।