• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

अरिङ्गाल खायौँ, बच्छ्युँ खायौँ, झुसे बारुलोले फूर्ति नगरुन् : प्रधानमन्त्री ओली

काठमाडौँ, फाल्गुन १६/ प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था परिवर्तनका लागि पटक पटक लडेकाले कसैसँग नडराउने बताएका छन्। झापास्थित आफ्नै निर्वाचन क्षेत्रमा आइतवार औद्योगिक पार्कको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

ओलीले आफूले जिन्दगीमा कयौँ मुद्दा हार्दै आएकाले प्रतिनिधिसभा विघटनको मुद्दा हार्दैमा केही फरक नपरेको पनि बताए। म त जिन्दगीमा मुद्दा हार्दै आएको मान्छे हो, उहिले पनि मुद्दा हारेकै हो। गल्ती नगर्ने, मुद्दा हार्ने, गल्ती नगर्ने, मुद्दा हार्ने कुरा निरन्तर भोगेकै होु, ओलीले भने, कसैले मुद्दा जिताइदिएर म प्रधानमन्त्री भएको होइन। मलाई तीन करोड नेपाली जनताले प्रधानमन्त्री बनाइदिएको हो। मेरो टाउकोमाथि तपाईंहरुको आशीर्वाद छ।

उनले आफूलाई पञ्चायती व्यवस्थाले गिरफ्तार गरेको आजकै दिन ५० वर्ष पुगेको स्मरण गरे। उनीसहित हाल बागमती प्रदेश प्रमुख रहेका विष्णु प्रसाईंसहितका नेताहरुलाई तत्कालीन शासकहरुले २०२७ फागुन १६ गते हिरासतमा लिएका थिए।

आज यस्तो दिन हो, ५० वर्षअघि अहिले बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाई र म २०२७ फागुन १६ गते आइतवार बिर्ता बजारबाट सँगै गिरफ्तार भएका थियौँ । आज ५ वर्ष पूरा भयोु, उनले भने, सँगै गिरफ्तार भएको साथी यहीँ हुनुहुन्छ। मोटोघाटो भएकाले विष्णु प्रसाईलाई धेरै चर्को कुटे तर मैले कम कुटाई खाएँ।

आफूलाई गिरफ्तार गरेर जेल हालेको दिनले आधा शताब्दी नाघेको कुरा उनले सुनाए। हामी गिरफ्तार गरेको समय आधा शताब्दी पार गरेको छ। गिरफ्तारीको दिन सम्झिँदैछु, यस्ता मुद्दा त कति खेप्यौँ खेप्यौँ, उनले भने, ५० वर्ष पूरा भएको दिन, तिथि, मिति, दिनबार, घडी, पला सबै मिलेको छ। हामी त्यो भन्दा अगाडिदेखि संघर्ष गरिरहेका छौँ। त्यो भन्दा अगाडि हामी धेरै पटक गिरफ्तार भएका थियौँ। त्यो भन्दा अगाडि धेरै लाठी खाने साथी आउनु भएन।

उनले कयौँ पटक जेलनेल भोगेर आएकाले अरुले फुर्ती नलगाउन भन्दै कटाक्ष गरे। अरिङ्गाल खायौँ, बच्छ्युँ खायौँ, झुसे बारुलाहरुले फुर्ती नलगाए हुन्छु, उनले भने, राजतन्त्र र पञ्चायत फालेर आएका हौँ। संघर्ष हाम्रो जीवन हो, हाम्रो जीवन संघर्ष हो। आत्मविश्वासका साथ अघि बढौँ, देश बनाउन सकिन्छ।

 

आइतबार, फागुन १६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.