धनगढी, फाल्गुन १५/ कैलालीको गोदावरी नगरपालिका ५ गेटामा एक व्यक्तिको शव फेला परेको छ । गेटा आँखा अस्पताल अगाडी पसल सञ्चालन गर्दै आएका ३५ वर्षीय शिव चरण रानाको शव फेला परेको हो ।
रानाको टाउकोमा चोट देखिएको छ । स्थानीयले भने उनको हत्या भएको दाबी गरेका छन् । गोदावरी नगरपालिका ५ का अध्यक्ष कर्ण सिंह बोहराले उनको खुकुरी प्रहार पछि हत्या गरिएको बताए ।
‘टाउकोमा देखिएको चोटले खुकुरी प्रहार गरी हत्या गरेको जस्तो देखिन्छ ’ वडाध्यक्ष बोहराले बताए ।
शनिवार बिहानै उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । उनले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
