धनगढी, फाल्गुन १३/ सनातन हिन्दु राष्ट्रको स्थापनार्थ दबाब सृजना गर्न फागुन १५ गते धनगढीमा बृहत् जन जागरण अभियान हुने भएको छ । सनातन संस्कृति समाज नेपाल,सांस्कृतिक पुनर्जागरण आन्दोलन परिचालन समिति नेपाल र सुदूरपश्चिम प्रदेशका सांस्कृतिक,धार्मिक,सङ्घसंस्था एवं नागरिक समाजको संयुक्त आयोजनामा जागरण अभियान हुन लागेको हो ।
फागुन १५ गते धनगढी चौराहाबाट बाजागाजा सहित पार्क मोड पुगेर सभामा परिणत हुने कार्यक्रम संयोजक मदनराज पाण्डेयले बताए । प्रमुख वक्ताको रूपमा सनातन संस्कृति समाज नेपालका अध्यक्ष हरिवोल भट्टराई,सह अध्यक्ष तारानाथ लुइँटेल,विष्णु भट्टराई र पुष्प पराजुली वक्ताको रूपमा रहेको जन जागरण अभियान सुदूरपश्चिम प्रदेश कमिटी संयोजक पदमराज जोशीले बताए ।
