• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सेती प्राविधिक शिक्षालयमा पैसा असुली, फिर्ता माग्दा धम्की

धनगढी, फाल्गुन १३/ सेती प्राविधिक शिक्षालय अन्तर्गत ओभरसियर पहिलो वर्षका प्रशिक्षार्थीहरूबाट गतबर्ष जनही दुई हजार पाँच सयका दरले रकम उठाइयो । सो रकम टिसर्ट, ट्रयाकसुट र परिचयपत्र बनाउने भनी उठाइएको थियो । त्यसका लागि विद्यालय व्यवस्थापन तथा सञ्चालन समितिले कुनै निर्णय गरिएको थिएन । इन्जिनियरिङ विभागले आफूखुसी उठाएको सो रकमबाट निम्न गुणस्तरको सामाग्री ल्याइयो त्यसपछि प्रशिक्षार्थीले रकम फिर्ता माग्दा प्राक्टीकल नम्बर घटाउने धम्की पाउन थालेका छन् ।

२०७६ पुसको पहिलो साता सेती प्राविधिक शिक्षालयको ओभरसियर पहिलोबर्षको पहिलो सेमेस्टरका कक्षाहरूमा प्रशिक्षार्थीहरूबाट जनही दुई हजार पाँच सयका दरले रकम सङ्कलन गर्न ‘उर्दी’ भयो । विद्यार्थीहरूका अनुसार यसरी उर्दी गर्ने व्यक्ती थिए(शिक्षालयको इन्जिनियरिङ डिपार्टमेन्टका प्रमुख दीपक चौधरी र प्रशिक्षक युवराज खत्री । पुसको १० गतेभित्र सो रकम कक्षाका ‘डिआई’अनुशासन प्रमुख र ‘सिआर’ कक्षा प्रतिनिधि, प्रशिक्षार्थी कल्याण समितिले उठाएर प्रशिक्षक खत्रीलाई दिन भन्ने निर्देशन थियो ।

सो रकम एउटा टीसर्ट, एउटा ट्र्याक सुट र एउटा परिचयपत्र बनाउने भन्दै उठाउन भनिएको थियो । यस्तो विषयमा शिक्षालय व्यवस्थापन र सञ्चालक समितिले कुनै निर्णय गरेको थिएन । शिक्षालय व्यवस्थापनका अनुसार शिक्षालयले आफ्नै ‘ड्रेस(कोड’ निर्धारण गरेको हुन्छ । त्यसभित्र यो परेको देखिन्न । परिचयपत्रको हकमा शिक्षालयले भर्ना हुँदा नै शुल्कका रूपमा सबै विद्यार्थीसँग एक सय लिइसकेको हुन्छ । सेती प्राविधिक शिक्षालयमा नियमित र प्रायोजित गरी ओभरसियरका दुई वटा कक्षाहरू सञ्चालनमा छन् । जसमा दुवै कक्षामा ४१(४१ जना प्रशिक्षार्थीहरू अध्ययनरत छन् । ती कक्षाका प्रशिक्षार्थीहरूका अनुसार एउटा कक्षाको प्रतिप्रशिक्षार्थी दुई हजार पाँच सयका दरले ४१ जनाको एकलख दुई हजार पाँच सय रकम सङ्कलन भयो । दुवै कक्षाको(दुई लाख पाँच हजार ।

सो रकम दुवै कक्षाका डिआई र सिआरहरुले प्रशिक्षक खत्रीलाई उपलब्ध गराए । केही नगदै दिए, केही उनको बैङ्क खातामा जम्मा गरे । ‘सरहरूले भनेअनुसार नै हामीले सबै साथीहरूसँग पैसा उठाएर युवराज सरको खातामा जम्मा गरेका हौ,’ एउटा कक्षाका सिआर प्रकाश जोशीले भने ।

केही दिनमा भनिएको सामाग्री आएको डिपार्टमेन्ट प्रमुख चौधरी र प्रशिक्षक खत्रीले प्रशिक्षार्थीहरूलाई जानकारी दिए । त्यो सामाग्री लिन उनीहरूलाई भने । सामान हेर्दा पहिले भनेको गुणस्तरको नभएपछि प्रशिक्षार्थीहरू आक्रोशित भए । ‘सरहरूले पहिले जुन गुणस्तरको भन्नुभएको थियो, त्यो अनुसारको थिएन,’ एक प्रशिक्षार्थीले डरैडरमा भने,‘त्यो नभएपछि हामीले गुनासो गर्‍यौ ।’ नाम नबताउने सर्तमा भनेका उनले यो कुरा भनेको थाहा पाए ‘सरहरूले प्राक्टीकल मार्क घटाईदिनसक्ने’ बताए । ‘तिमिहरूले दायाँबायाँ धेरै गरे प्राक्टीकल मार्क घटाइदिन्छौ । त्यो हाम्रा हातमा हुन्छ भनेर धम्क्याउनुहुन्छ,’ अर्का प्रशिक्षार्थीले थपे ।

त्यसपछि केही विद्यार्थीहरूले त्यो सामान लिएनन् । ‘केहीले मन नपरेर र केहीको साइज नपुगेर लिएका छैनन्,’ कक्षाका सिआर जोशीले भने,‘मैले पनि लिएको छैन ।’ धेरै गुनासो उठ्न थालेपछि प्रशिक्षक खत्रीले दुई हजार पाँच सय रकममध्ये एक हजार नौ सय ५० मा सामान आएको र बाँकी पाँच सय ५० विद्यार्थीहरूलाई फिर्ता गरिने घोषणा गरे । उनले एक हजार एक सय ५० मा ट्रयाकसुट, छ सय ५०मा टी(सर्ट र एक सय ५० मा आईडीकार्ड आएको भनी बताएको प्रशिक्षार्थीहरू बताउँछन् ।

फिर्ता गर्ने भनिएको रकम हालसम्म पनि उनले फिर्ता नगरेको प्रशिक्षार्थीहरू बताउँछन् । ‘सामाग्री नलिएकालाई पुरै रकम र लिएकालाई पाँच सय ५० फिर्ता गर्छु भन्नुभएको हो,’ जोशीले भने,‘अहिलेसम्म फिर्ता गर्नुभएको छैन् । मलाई समस्या परेकाले खर्च गरे । भएपछि फिर्ता गर्छु भन्नुभएको छ ।’

यता प्रशिक्षार्थीहरुले आफूलाई सोध्ने गरेको जोशीले बताए । ‘मैले पैसा उठाएर दिएको हुँ । त्यसैले उनीहरू सोध्छन्,’ उनले भने,‘तर दीपक सर-दीपक चौधरी०लाई सबै थाहा छ, तर पनि उहाँले समेत एक दिन खै किन हो, कक्षामा आएर यसले पैसा खाएको भनेर बेइज्जत गर्नु भो, टर्चर गर्नु भो ।’ शिक्षालय व्यवस्थापनको निर्णयविनै ती सामाग्रीहरू खरिद गर्ने भनेर विद्यार्थीहरूबाट पैसा उठाइएको प्रशिक्षक खत्रीले स्वीकारे । ‘प्रशिक्षार्थीहरूकै मागका आधारमा त्यो खरिद गर्ने भनेका हौ,’ उनले भने,‘रह्यो पैसा फिर्ताको । त्यो हामीले गरिरहेका छौ । केहीको गरिसक्यौ, केही लगिरहेका छन् ।’

इन्जिनियरिङ डिपार्टमेन्ट प्रमुख चौधरीले भने आफू यो विषयबाट पन्छिने बहाना खोजे । ‘मलाई सुरुमा केही थाहा थिएन । सामान आईसकेपछिको विवाद आउँदा मलाई थाहा भएको हो,’ उनले भने,‘यसमा मेरो कुनै संलग्नता छैन । मैले कुनै कमजोरी गरेको भए राजीनामा दिन तयार छु ।’ प्रशिक्षार्थीलाई कुनै किसिमको धाक धम्की नदिएको उनले बताए ।

शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवले आफूलाई यसबिषयमा कुनै जानकारी नरहेको बताए । उनले भने, ‘म आउनुभन्दा पहिलेको कुरा रहेछ । त्यसैले मलाई केही थाहा छैन ।’

बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.