धनगढी, फाल्गुन १२/ प्रतिनिधिसभा पुनःस्थापना भएसँगै नेकपाको प्रचण्ड–नेपाल समुहका नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज करर्पोरेशन एमसीसी संसदबाट पारित हुने बताएका छन् । एमसीसीमा भएका केही कमीकमजोरीलाई हटाएर संसदबाट पास गरिने उहाले खुलाए ।
नेकपा एक ढिक्का हुँदा बनेको कार्यदलको संयोजक रहेका खनालले एमसीसी पारित गर्न नहुने प्रतिवेदन बुझाए । आज विहान एक सञ्चारमाध्यमको कुराकानीका क्रममा उनले भने, ‘एमसीसीमा हामीले केही कमीकमजोरी देखेका छौ, त्यसलाई नेपालको स्वाधिनता र सार्वभौमसत्तालाई ध्यानमा राखेर परिमार्जन गर्नेछौ ।’
नेता खनालले ट्रम्पको सरकार ढलेपछि बाइडेनको सरकार आएसँगै एमसीसीमा पहिलेको भन्दा तुलनात्मक रुपमा परिमार्जन गरेर अगाडी बढ्ने बताए ।
एक अर्को प्रसंगमा नेता खनालले भावि राष्ट्रपतिका लागि साथीहरुले जिम्मेवारी दिए पछि नहट्ने बताए।