धनगढी, ६ फागुन/ धनगढी उपमहानगरपालिका दुई सीमा नाकाबाट भारतबाट अबैध रुपमा ल्याउँदै गरेको सामान सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण हेडक्वाटरबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले १ लाख ९ सय ६० रुपैयाँ बराबरका लेडिज कपडा र किराना सामानहरु बरामद गरेको हो।
सशस्त्रले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँ र वडा नम्बर २ पोखरीघाट क्षेत्रबाट सो सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीले जनाएको छ। बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय धनगढीमाम बुझाएको सशस्त्रले बताएको छ।
