धनगढी, ५ फागुन/ भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार भट्टविरुद्ध जबरजस्ती करणी र ज्यान मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको हो ।
बैतडीको दोगडाकेदार गाउँपालिका (७ की १७ वर्षीया किशोरी भागरथी माघ २२ गते स्थानीय लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् ।
अभियुक्त भट्टले आफ्नो अपराध स्वीकारेको बताउँदै प्रहरीले आज उनलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिसकेको छ।