धनगढी, फाल्गुन ४/ विश्वको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएपछि विनयजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
सपनाले विनयजङ्ग बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध गत शुक्रवार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिईन् । मगरको किटानी जाहेरी दिएको उपर काठमाडौं जिल्ला अदालतले विनयजंग बस्नेतविरुद्ध आइतवार पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरीले आज मंगलवार केहिबेर अघि बस्नेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बेवारिसे शव जलाउने किशोरी सपनालाई बीबीसीले यस वर्ष विश्वको १०० प्रभावशाली महिलाको सूचीमा राखेको थियो । उनीसँगै शव जलाउने बस्नेतले सपना लाई छोरीका रुपमा चिनाउँदै आएका थिए ।