धनगढी, फाल्गुन २/ बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोकामगरले बेवारिसे शव व्यवस्थापनको काम गर्दै आएका विनयजंग बस्नेतविरुद्ध जाहेरी दिएकी छन् । बस्नेतसँगै मिलेर बेवारिसे शव व्यवस्थापनको काम गर्दै आएकी १८ वर्षीया सपनाले महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् ।
बस्नेतले युट्युबमा सपनाका नग्न तस्बिर आफूसँग रहेको र सार्वजनिक गरिदिने धम्की दिएका थिए । काठमाडौं परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले सपनाको जोहरी दर्ता भएको पुष्टि गरेका छन् ।
उनकाअनुसार प्रहरी बस्नेतलाई हिरासतमा लिनका लागि अनुमति लिन जिल्ला अदालत गएको छ । अदालतबाट पक्राउ पूर्जी आउनेबित्तिकै उनलाई पक्राउ गर्ने प्रहरीको तयारी छ ।