धनगढी, फाल्गुन १/ बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या घटना अनुसन्धान तीव्र बनाउन माग महिलाहरू आन्दोलित भएका छन् । धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महिला नेतृ तथा अधिकारकर्र्मीहरुले चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी डा।डिला सङ्ग्रौला पन्तले घटनाको अनुसन्धान तीव्र बनाउन र दोषी अविलम्ब पक्राउ गर्न माग गरिन्।
भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको १० दिन बित्दा पनि अपराधी पक्राउ परेको छैन,उनले भनिन्,‘शव अस्पतालमा छ।परिवारजनले पीडामाथि पीडा भोगिरहेका छन्,खै कहाँ छ सरकार’ रु
‘महिलाहरू गाउँघरमै असुरक्षित छन,सरकार के हेर्दै छ,प्रधानमन्त्री र गृह मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ,’उनले थपिन्। भागरथीको न्यायका लागी चरणबद्ध आन्दोलनको घोषणा गर्दै उनले भनिन,‘धनगढीबाट आन्दोलन सुरु गरेर ९ ओटै जिल्लामा प्रदर्शन गर्छौ।सरकारले पीडित परिवारलाई न्याय दिलाउन नसके देशभर विरोध प्रदर्शन गर्छौ।’
