• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भागरथी हत्या प्रकरण : प्रमाण जुधाउँदै प्रहरी, अधिकारकर्मीहरु आन्दोलित

धनगढी, फाल्गुन १/ बैतडी दोगडा केदार गाउँपालिका -७ की १७ वर्षिया भागरथी भट्टको बलात्कार र हत्या घटनामा संलग्नलाई केही दिनमै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

दर्जनौँ व्यक्तिसँग सोधपुछपछि प्रहरीले अपराधीको नजिक पुगेको जनाएको हो । ‘दर्जनौँ व्यक्तिसँग सोधपुछ गरेका छौँ’ प्रहरी अधिकारीले भने, ‘उनीहरूमध्ये केही शङ्कास्पद देखिएका छन् । निगरानी बढाएका छौँ ।’

निगरानी गरिरहेकै मध्येबाट घटना भएको हुन सक्ने प्रहरी स्रोतको भनाइ छ । अहिले प्रहरीले दोषी देखिन सक्नेहरूको पहिचान गरिरहेको छ । घटना स्थलमा भेटिएका प्रमाणहरू दोषी देखिन सक्ने व्यक्तिसँग जुधाइरहेको छ ।

घटना भएको १० दिन भएको छ । अहिलेसम्मको अनुसन्धानले दोषी पहिचान हुने सङ्केत देखिएको प्रहरी उच्च स्रोत बताउँछ । घटना भएको भोलिपल्ट नै बैतडीका जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीसहितको टोली घटनास्थलमा खटिएको थियो। उक्त टोलीले घटनास्थलको मुचुल्का तयार पारेको थियो ।

किशोरीको टाउकामा चोट लागेको, भित्री वस्त्र चुँडिएको, शरीरमा टोकेका घाउ भएको, यौनांगबाट रगत बगेको, टाउको र हातमा घाउसमेत रहेको अवस्थामा शव फेला परेको थियो ।

अहिले पनि एसएसपी जनकराज पाण्डे नेतृत्वको टोली घटनास्थलमा खटिएको छ । डीआइजी उत्तम सुवेदी आइतबार देखि घटना स्थलमा छन् । अनुसन्धानका लागि धनगढीबाट थप प्रहरी परिचालन गरिएको छ ।

घटनास्थलमा भेटिएका प्रमाण, भागरथीको शवनजिकै भेटिएको उनको मोबाइलको प्राविधिक पक्ष, पोस्टमार्टम रिपोर्ट केलाउँदै प्रहरीले अनुसन्धानको दायरा साँघुरो पारेको छ । ‘अनुसन्धान सकारात्मक दिशातर्फ गइरहेको छ । अनुसन्धानको घेरा साँघुरो बन्दै गइरहेको छ । केही दिन भित्रै दोषी सार्वजनिक गर्छौ’ प्रहरी अधिकारीले भने ।

२१ गते विद्यालयबाट घर फर्किरहेको अवस्थामा बेपत्ता भएकी किशोरीको २२ गते स्थानीय लबदेव सामुदायिक बनमा शव फेला परेको थियो । भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको भए पनि सामूहिक हो वा एक जनाले गरेको भन्ने पुष्टि हुन सकेको छैन ।

प्रहरीले किशोरी अध्ययन गर्ने विद्यालयका साथी, शिक्षक, परिवारका सदस्य, गाउँका आफन्त, नजिकका चिनेजानेकाहरु गरी दर्जनौँ व्यक्तिसँग सोधपुछ गरिरहेको छ ।

अधिकारकर्मी महिला आन्दोलित
बलात्कार र हत्या घटना अनुसन्धान तीव्र बनाउन माग गर्दै महिला आन्दोलित भएका छन् । धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महिला नेतृ तथा अधिकारकर्मीले चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य समेत रहेकी डा.डिला सङ्ग्रौला पन्तले घटनाको अनुसन्धान तीव्र बनाउन र दोषी अविलम्ब पक्राउ गर्न माग गरिन् ।

‘भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको १० दिन बित्दा पनि अपराधी पक्राउ परेको छैन’,उनले भनिन्, ‘शव अस्पतालमा छ । परिवारजनले पीडामाथि पीडा भोगिरहेका छन्, खै कहाँ छ सरकार’ रु

कार्यक्रम अन्तर्गत १ गते धनगढी, ३ गते दार्चुला, ४ गते बैतडी, ६ गते बझाङ, ७ गते डडेल्धुरा, ८ गते डोटी, ९ गते अछाम, १० गते बाजुरा र १२ गते कञ्चनपुरमा विरोध गर्ने कार्यक्रम रहेको उनले बताइन् ।

भागरथीको न्यायका लागी चरणबद्ध आन्दोलनको घोषणा गर्दै उनले भनिन, ‘धनगढीबाट आन्दोलन सुरु गरेर ९ वटै जिल्लामा प्रदर्शन गर्छौ। सरकारले पीडित परिवारलाई न्याय दिलाउन नसके देशभर विरोध प्रदर्शन गर्छौ ।’

शनिबार, फागुन ०१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.