धनगढी, फाल्गुन १/ होटलमा लगेर छात्राको परीक्षा लिएको आरोप लागेका एक शिक्षक जेलचलान भएका छन्। पोखराको राष्ट्रिय माविका शिक्षक शिरिषकुमार बस्ताकोटी जेलचलान भएका हुन्।
गत मंसिरमा छात्रालाई पोखरादेखि झण्डै २० किमी टाढा रुपातालको एक होटलमा पु¥याएर परीक्षा लिई जबरजस्तीको प्रयास गरेको अभियोग लागेका बस्ताकोटीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो।
शिक्षक बस्ताकोटीबाहेक अरु तीन जना ७५÷७५ हजरा धरौटी तिरेर छुटेका छन्। अदालतले उनीहरुलाई अनुसन्धानका क्रममा ठहरे बमोजिम थप कारवाही हुने गरी धरौटी मागेको हो।
