धनगढी, फाल्गुन १/ धनुषामा एक युवकले भिनाजुको हत्या गरेका गरेका छन् ।
सेयर लगानीसम्बन्धी विवाद हुँदा मृतकका साला निरज खातीले उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका ७ का प्रमोद रेग्मी गत माघ १३ गते मृत फेला परेका थिए । उनी धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा क्षिरेश्वर डिष्टिलरी सञ्चालन गर्दै आएका थिए ।
आफ्नै कोठामा मृत फेला परेका ५४ बर्षीय रेग्मीको उनकै साला ३५ वर्षीय निरज खातीले हत्या गरेको खुल्न आएको प्रहरीले बताएको छ ।
