• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भागरथी हत्या प्रकरण : प्रहरी अनुसन्धान कहाँ पुग्यो ?

धनगढी, फाल्गुन १/ बैतडी दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया भागरथी भट्टको बलात्कार-हत्याको अनुसन्धान तेस्रो चरणमा पुगेको प्रहरीले जनाएको छ।

भागरथी बलात्कार-हत्यापछि प्रहरीले दायरा फराकिलो बनाएर अनुसन्धान सुरू गरेको थियो। यो चरणको अनुसन्धान सकिएपछि प्रहरीले दोस्रो चरणमा सूचनाको पुष्ट्याइँ सकेको छ।

अहिले तेस्रो चरणमा व्यक्तिलक्षित अनुसन्धान भइरहेको छ। यो अनुसन्धान धेरै लामो नजाने सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ।

‘अहिले व्यक्तिलक्षित अनुसन्धान भइरहेको छ, प्राविधिक रूपमा अनुसन्धान भइरहेको छ, भागरथीसँग सम्पर्कमा रहेका व्यक्तिहरूको कल रेकर्ड डिटेल ९सिडिआर० निकाल्ने काम भइरहेको छ,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने।

भागरथीसँग थुप्रै व्यक्ति सम्पर्कमा जोडिएका छन्। ती व्यक्तिहरूमध्ये केही प्रहरीको ‘क्लोज सर्भिलेन्स’मा छन्। तिनै व्यक्तिहरूमध्ये कसैले भागरथीको बलात्कारपछि हत्या गरेको प्रहरीको बुझाइ छ।

भागरथीसँग रहेका तीन वटा सिमकार्डहरूबाट भएका फोन र त्यसमा सम्पर्कमा आएका व्यक्तिहरू प्रहरीको निगरानीमा छन्।

‘भागरथी फोन साथै म्यासेन्जरमा बढी कुरा गर्थिन्, आफूसँग सम्पर्कमा रहेका व्यक्तिहरूबारे उनी साथीभाइलाई सुनाउँदिनथिन्,’ ती अधिकृतले भने, ‘उनी एकदमै समयमा स्कुल जाने, फर्किने गर्थिन्।’

भागरथीको पारिवारिक अवस्था कमजोर रहेका कारण हत्यामा आर्थिक कारण नभएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंह बताउँछन्। त्यसकारण उनको हत्यामा अन्य कारण नै प्रमुख छन्, ती अहिले प्रहरीले सार्वजनिक गरेको छैन।

त्यसदिन साथीहरूबाट छुट्टिएपछि भागरथी एक्लै जंगलबाट बाटो हुँदै घर आएको अनुसन्धानले देखाएको छ। फर्किने क्रममा कोही व्यक्ति उनको पछि लागेको र उसले बलात्कार गरेको प्रहरी अनुसन्धान छ।

बलात्कारपछि घटना सार्वजनिक हुने डरले तुरुन्तै घाँटी थिचेर हत्या गरेको देखिएको छ। तर, पीडितले प्रतिकार गर्न सकेको घटनास्थल मुचुल्काबाट देखिँदैन।

यसकारण प्रहरीले घटनामा अन्य केही व्यक्तिले सहयोगीको भूमिकामात्र खेलेका थिए भन्ने शंका गरिरहेको छ। भागरथीको हत्या भएपछि भेटिएका भौतिक प्रमाणहरू विधिविज्ञानबाट प्रयोगशालामा छन्।

‘शंकास्पदहरूको गतिविधि भेरिफाइ गर्ने, सोधपुछ, स्क्रिनिङ गर्ने काम भइरहेको छ,’ एसएसपी सिंहले भने, ‘केही मानिस निगरानीमा छन्।’ उनको हत्यामा एक वा धेरै व्यक्ति संलग्न छन् भन्ने प्रहरी अझै अन्योलमै छ। कसैले सहयोगीको रूपमा भूमिका निर्वाह गरेको हुनसक्ने प्रहरीको बुझाइ छ।

भागरथीको बलात्कार हत्यामा उनीसँग नजिक र परिचित मानिसकै संलग्नता रहेको सिंह बताउँछन्।

‘अनुसनधान अहिलेसम्म गलत ट्रयाकमा गएको छैन। अन्योल छैन। तथ्यले जोड्दै गइरहेको छ,’ सिंहले भने, ‘सूचना, शंकास्पद व्यक्तिहरू र हालसम्मको अनुसन्धान पुनर्पुष्टि गर्न बाँकी छ।’

भागरथी हत्याबारे बैतडी प्रहरी, सुदूरपश्चिम प्रदेश प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले एकीकृत रूपमा अनुसन्धान गरिरहेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदी आफैं घटनास्थलमा छन्।

उनी आफैं परिवार, स्थानीय, शंकास्पद व्यक्तिको निगरानी, स्थानीय तहका पदाधिकारीहरूसँग कुराकानी गरिरहेका छन्।

‘परिवार, गाउँ समाज अनुसन्धानमा एकदमै सहयोग भइरहेको छ, अब धेरै लामो समय जाँदैन,’ सुवेदी भन्छन्, ‘तेस्रो चरणको अनुसन्धान सकिनासाथ दोषीसहित परिणाम सार्वजनिक गर्ने तयारी छ।’

भागरथीको हत्या भएको १० दिन भइसकेको छ। उनको शव जिल्ला अस्पताल बैतडीमा छ। आफन्तले दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका कारण प्रहरीलाई दबाब छ।

भागरथीका बुवाको डेढ महिनाअघि मृत्यु भएको थियो।

दुई दिदी बिहे भएर आफ्नो घर गइसकेका छन्। उनका दाजु भारतमा रोजगारी गर्थे। त्यसकारण, भागरथी एक्ली आमाका साथ थिइन्। हत्या हुनुअघि बुधबार दिउँसो २ बजेसम्म आफू पढ्ने सनातन धर्म माध्यमिक विद्यालयमा साथीहरूसँगको सम्पर्कमै थिइन्।

२ बजेअगावै स्कुल छुट्टी भइसकेको थियो। स्कुल छुट्टी भएपछि भागरथी खोचलेक बजार पुगेकी थिइन्। त्यहाँ पुगेपछि उनले आफ्नी एक साथीलाई फोन गरेर सँगै जान अनुरोध गरेकी थिइन्।

तर, साथीले भनिन्, ‘मेरो कपाल काट्नु छ समय लाग्छ।’ बजारमा उनीसँग साथी भए पनि घर जाने बाटो अलग भएकोले उनी त्यही बजारबाट छुट्टिएकी थिइन्।

शनिबार, फागुन ०१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.