धनगढी, माघ २९/ नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई रिहा गर्ने तयारी भएको छ । प्रहरीका अनुसार झाँक्रीसँग लिखित जवाफ माग गरिएको र झाँक्रीले लिखित जवाफ दिएपछि रिहा गर्ने तयारी भएको महानगरीय अपराध महाशाखाकाले जानकारी दिएको छ ।
तर महाशाखामै रहेका नेकपा दाहाल(नेपालका नेता योगेश भट्टराईसहितले रामकुमारीले कुनै अपराध नगरेको भन्दै रिहाइका लागि जिम्मा लिएका छैनन् ।
उनलाई रिहाइका लागि प्रहरीले जिम्मा लिने मान्छे खोजिरहेको बुझिएको छ ।
राज्यविरुद्ध कसुर गरेको आरोपमा बिहीवार दिउँसो पक्राउ परेकी थिइन् । राष्ट्रपतिविरुद्ध गलत अभिव्यक्ति दिएको आरोपमा प्रहरीले अनुसन्धानका लागि झाँक्रीलाई पक्राउ गरेको थियो ।