धनगढी, माघ २९/ नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गएका अपराध महाशाखाका प्रहरीमाथि कुटपिट भएको छ। रामकुमारीको शंखमुलस्थित घरमा सादा पोसाकमा पुगेका प्रहरीमाथि उनका समर्थकले आक्रमण गरेका हुन्।
महाशाखाका अनुसार प्रहरी निरीक्षक दिनेश गौतममाथि कुटपिट गएको हो। गौतममाथि रामकुमारीको घरमा जम्मा भएको भिडले मुक्का हानेको हो। मुक्का लागेर गौतमको नाक र अनुहारमा चोट लागेको छ।
अहिले प्रहरीले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई घरबाटै पक्राउ गरेको छ।