• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भागरथी हत्या प्रकरणमा निर्मलाको झल्को

धनगढी, माघ २९/ सुदूरपश्चिमको कञ्चनपुरमा २०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो। साथीको घर गएकी निर्मला साउन ११ गते बिहान नजिकैको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन्।

उक्त घटनाले देश हल्लायो। अपराधीलाई कारबाही माग गर्दै लगातार प्रदर्शन भयो। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर महेन्द्रनगरमा एक युवकको ज्यानसमेत गयो । अहिले पनि निर्मला प्रकरणलाई लिएर न्यायका लागि दबाब र आन्दोलनका कार्यक्रमहरू भइरहेका छन्।

निर्मलाको बलात्कारपछि हत्या भएको दुई वर्ष बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन। प्रहरीले अनुसन्धानको नाममा दुई वर्ष कटायो, तर अपराधीलाई अझै हत्कडी लगाउन सकेको छैन।

अनेक नामका एनजीओ, पीत पत्रकारितामा पोख्त केही मीडियाकर्मीदेखि फेसबुकेहरूलाई निर्मलाको मृत्यु आफूतर्फ अरूको ध्यान खिच्न औजार मात्र भइरहेको छ।

सुदूरपश्चिममा फेरि निर्मलाकै झैं फेरि अर्को वीभत्स हत्या भएको छ। बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट गत बिहीबार साँझ मृत भेटिइन्।

जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भट्टको शव हेरिसक्नु अवस्थामा थिएन। स्थानीय लवलेक जङ्गलमा उनको शव विभत्स अवस्थामा फेला पर्‍यो। बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेकी हुन्।

बलात्कारपछि हत्या

भट्टको बलात्कारपछि हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको छ। भट्टको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले प्रारम्भिक अनुसन्धान सन्तोषजनक रूपमा अघि बढेकाले छिट्टै सफलता प्राप्त हुने बताए।

‘घटनास्थलबाट बरामद गरिएका विभिन्न सबुत प्रमाणका आधारमा अहिलेसम्मको अनुसन्धान सन्तोषजनक रहेको छ,’ प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भने, अनुसन्धानको दायरा साघुरिदै गएकाले छिट्टै हामी परिणाम सार्वजनिक गर्छौं।’

साथीदेखि आफन्तसम्म निगरानीमा

बलात्कारपछि हत्या गरिएकी भट्टको हत्याको अनुसन्धानका लागि प्रहरीले आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले प्रहरीले हत्याको अनुसन्धानका लागि दुई दर्जन व्यक्तिलाई सोधपुछ गरेको बताए।

प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा चिनजानका, नजिकका आफन्त, स्कुलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा केही दिनयता रहेका व्यक्ति, घटना हुँदा घटनास्थल नजिकबाट हिँडेका व्यक्ति, सवारीसाधन र त्यसनजिकै सम्पर्क भएका फोन र भागरथीको फोनलाई समेत अनुसन्धानको दायरामा ल्याएको जनाएको छ।

अपराधी नजिक पुगेको प्रहरी दाबी

भट्टको हत्यामा संलग्न व्यक्ति चाँडै कानूनी दायरामा आउने प्रहरीले जनाएको छ।

भट्टको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान साँघुरिदै गएको बताएको प्रहरीले चाँडै सकारात्मक परिणाम आउने जनाएको हो।

निर्मला हत्या प्रकरणको पुनरावृत्ती नहोस भन्ने उद्देश्यले चनाखो भएर काम गरिरहेको र आवश्यक पर्ने सबै प्रमाण जुटाएर मात्र अपराधी सार्वजनिक गरिने प्रहरीको भनाई छ।

किशोरी खोचलेकस्थित सनातन माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्। उनको बलात्कारपछि हत्या भएको थियो।

उनको शव एकदिनपछि विद्यालय र घरको मध्यभाग पर्ने लवलेक जंगलमा फेला परेको थियो।

बिहिबार, माघ २९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.