• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मुख्यमन्त्री ज्यू ‘वि वान्ट जस्टिस’

टेक सिँह धामी/ धनगढी, माघ २८/ बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका—७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायका लागि सडकमा निरन्तर विरोध प्रदर्शन भइरहेको छ ।

सुदुरको धनगढीमा मुख्यमन्त्री ज्यू ‘वि वान्ट जस्टिस’ को नारा चर्को बन्दै गएको छ । दैनिकजसो भईरहेका विरोध र प्रदर्शनले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको मुख्यमन्त्री कार्यालय घेरीन थालेको छ । किशोरीको हत्या प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रेका हुन् ।

बैतडीलगायत सुदूरपश्चिमका सबै जिल्लामा दैनिकजसो विरोध प्रदर्शन भइरहेको छ । प्रदेशको अस्थायी मुकाम धनगढीमा हत्यारालाई यथाशीघ्र कारबाहीको दायरामा ल्याउन माग गर्दै हिजो मंगलवार सुदूरपश्चिमाञ्चल क्याम्पसका विद्यार्थीले मुख्यमन्त्री कार्यालय नै घेराउ गरेका थिए । नगर बाल सञ्जाल धनगढीले पनि दैनिकजसो प्रदर्शन गरिरहेको छ ।
यस्तै आज बुधवार पनि विद्यार्थीहरु भागरथी भट्टको हत्या भएको ७ दिन भइसक्दा समेत दोषीलाई पक्राउ गर्न नसकिएको भन्दै सडकमा निस्किएका छन्।

त्रिनगर मावीको कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुले भट्टको हत्यारालाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउन मागसहित मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन्।

मुख्यमन्त्रीलाई ज्ञापनपत्र

भागरथी भट्टको हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका छन् ।

मंगलवार महिला अधिकारकर्मीले भागरथीको घटनाप्रति मुख्यमन्त्री भट्टको ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले बैतडीमा घटेका पछिल्ला घटनामा प्रदेश सरकार गम्भीर रहेको बताए । उनले पीडित परिवारलाई के–कस्तो राहत दिने भनेर छलफल गरेर निर्णय गर्ने समेत प्रतिबद्धता जनाए ।

बुधवार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहिन भएकी भट्टको शव बिहीवार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो। उनको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टपश्चात पुष्टि भइसकेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

बुधबार, माघ २८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.