• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भागरथी हत्या प्रकरण : अझै उठेन शव, स्थानीयको आन्दोलन निरन्तर जारी

"महिला र मानवअधिकार आयोग घटनास्थलमा "

धनगढी, माघ २८/ ६ दिनअघि बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव अझै अस्पतालमै छ।

शनिबार शव परीक्षणको काम सम्पन्न भएको भए पनि आफन्तले शव बुझ्न नमानेकाले शव जिल्ला अस्पतालमै रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनक धामीले जानकारी दिए।

बलात्कारपछि हत्या भएको पुष्टि भएको भए पनि हत्यारा पत्ता नलागेकोले परिवारल‍े शव बुझेका छैनन्। घटनाको सत्यतथ्य छानबिन गरी हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताए।

घटना भएको ६ दिन बितिसक्दासमेत प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन। उनले भने, ‘दोषीलाई यथाशीघ्र गिरफ्तार गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ।’

माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि माघ २२ गते बेलुका स्थानीय लबलेक जंगलमा अवस्थामा हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्।

यसअघि सोमबार सार्वजनिक शव परीक्षणको रिपोर्टमा पनि भागरथीको बलात्कारपछि हत्या भएको उल्लेख गरिएको छ। घटनाको प्रकृति, भागरथीको शरीरमा रहेका निलडाम,घाउ, यौनांगबाट रगत बगेको, निर्वस्त्र, घाँटी निमोठेको आधारमा बलात्कारपछि हत्या भएको पुष्टि भएको हो।

प्रहरीले बलात्कारपछि हत्या गरिएको भनेपछि सामूहिक हो वा एकल हो भन्ने पुष्टि हुन सकेको छैन। गाउँनजिकै तथा सडककै ५० मिटर तल झाँडीमा भागरथीको शव फेला परेकाले सामूहिक बलात्कारपछि हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ।

भागरथीको भजाइनल स्वाबलगायत आवश्यक प्रमाण परीक्षणका लागि पठाइएकाले त्यसपछि मात्रै सामूहिक हो वा एकल बलात्कार हो भन्ने खुल्ने प्रहरीले जनाएको छ।

स्वाब परीक्षणका लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशाला पठाएकाले त्यसले कस्तो बलात्कार हो भन्ने पुष्टि गर्ने बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनक धामीले जानकारी दिए। उनले भने‘घटनास्थलमा भेट्टिएका सबुद प्रमाण परीक्षण लागि पठाएका छौं त्यसले दोषी पत्ता लगाउन सहज हुन्छ।’

संकलित स्वाबबाट पहिले ‘सिमेन’ परीक्षण गरिने जनाइएको छ। यसबाट ‘बलात्कार’मा संलग्नको वी‍र्य योनीमा प्रवेश गरेको छ वा छैन भन्ने थाहा हुने चिकित्सकले बताएका छन्। सो परीक्षणबाट घटनामा एक वा एकभन्दा बढी व्यक्ति संलग्न छन् भन्ने पनि थाहा हुनेछ।

साथै प्रहरीले भागरथीले प्रयोग गर्दै आएको मोबाइल पनि घटनास्थलमा भेट्टाएकोले त्यसबाट पनि अनुसन्धान गर्न सजिलो भएको छ। मोबाइलबाट केही विषयहरु डिलिट भएको हुन सक्ने भएकाले डिजिटल फरेन्सिक ल्याबमा पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

१५ जनालाई सोधपुछ

घटनाको अनुसन्धानमा प्रहरीले आफ्नो सम्पूर्ण बल प्रयोग गरेको बताएको भए पनि अझै पनि दोषी पत्ता लाग्न सकेको छैन। प्रहरी अझै भागरथीका नजिकका साथी, घटना भएको दिन उक्त बाटो भएर हिँडडुँल गर्ने व्यक्ति, सवारी साधनमा आवतजावत गर्ने व्यक्ति, शंका लागेका व्यक्तिलाई सोधपुछका काम भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए।

उनले भने, ‘हालसम्म १५ जना जतिलाई सोधपुछ गरी छाडेका छौं, केहीलाई कागज बनाएर छोड्यौं’

अनुसन्धानका लागि आवश्यक सूचना संकलनका लागि स्थानीय बासिन्दाको सहयोग पर्ने भए पनि स्थानीयले खासै सहयोग नगर्ने गरेका प्रहरीको आरोप छ। घटना अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी उत्तमराज सुवेदीको टोली घटनास्थलमा पुगेर अध्ययन गरिरहेको छ।

यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली, केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ।

स्थानीयको आन्दोलन निरन्तर जारी

घटना भएको दिनदेखिनै प्रदर्शन गर्दै आएका स्थानीय बासिन्दा अझै सशक्त रुपमा अगाडि बढ्ने बताउँदै आएका छन्। घटना भएको दुई दिनसम्म चक्काजाम गरेपछि संघर्ष समिति गठन गरी थप आन्दोलन गरिरहेका थिए।

माघ २५ देखि २७ सम्म शैक्षिक हड्ताल, २८ गते दोगडाकेदार गाउँपालिका घेराउ र २९ गते चक्काजामको घोषणा गरिएको संघर्ष समितिका सदस्य भोजराज जोशीले जानकारी दिए।

घटना भएको हप्ता दिन हुन लाग्दासमेत हत्या पत्ता नलागेको भन्दै जिल्लाका अन्य स्थानमा पनि प्रदर्शन भइरहेको छ।

महिला र मानवअधिकार आयोग घटनास्थलमा
राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगको टोली भागरथीको हत्या भएको घटनास्थल पुगेको छ । मंगलबार दुईवटै आयोगको टोलीले घटनास्थलको अवलोकन गर्दै मृतका आफन्तहरूलाई भेटेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगको सुदूरपश्चिम क्षेत्रीय प्रमुख मोहनदेवन जोशी, महिला आयोगको सदस्य कृष्णाकुमारी खतिवडालगायतको टोलीले जिल्लास्थित सुरक्षा निकाय प्रमुखहरूसँगसमेत छलफल गरेको छ ।

त्यस्तै, घटना भएको दोगडाकेदार गाउँपालिका जनप्रतिनिधिहरूसँग पनि दुवै आयोगको टोलीले छलफल गरेको छ । स्थानीय जनप्रतिनिधिले अनुसन्धानलाई छिटो निष्कर्षमा पुर्‍याउन सहयोग गर्नुपर्ने आयोग टोलीले अनुरोध गरेको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । उनले प्रहरी अनुसन्धानमा सक्दो सहयोग गरिरहेकोसमेत जानकारी दिए ।

बुधबार, माघ २८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.