• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘सूर्य चिह्न कसको हो ? फोहोरमा भेटियो, लैजानुहोस्’ : केपी खनाल

धनगढी, माघ २४/सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजित भएर आधिकारिकता र सूर्य चुनाव चिह्नको विवाद निर्वाचन आयोगमा विचाराधीन छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले सूर्य चिह्नसहित छुट्टाछुट्टै प्रदर्शन र भेला गरिरहेका छन् ।

प्रदर्शन, र्‍याली र सभा सकिनेवित्तिकै काठमाडौंका सडकमा सूर्य चुनाव चिह्न सहितको झण्डा जथाभावी फाल्ने गरिएको छ । यसरी फालिएका झण्डाले फोहोर हुने गर्छ । काठमाडौं सरसफाइ अभियान सञ्चालन गरिरहेका अभियान्ता केपी खनाल नेतृत्वको टोलीले शनिवार माइतीघर मण्डलामा फोहोर संकलन गरिरहँदा सूर्य चिन्ह अंकित झण्डा फोहोरमा भेटियो । उनले तत्कालै फेसबूक लाइभमा आएर आग्रह गरे, ‘सूर्य चुनाव चिह्न कसको हो ? माइतीघरको फोहोरमा भेटियो, लैजानुहोस् ’

राजनीतिक आस्था जोडिएको, पार्टीको चुनाव चिह्न अंकित झण्डा फोहोरको डंगुरसँगै फाल्न मनले नमानेपछि अभियान्ता खनालले झण्डा सकुशल लैजान आग्रह गर्दै फेसबूक लाइभ गरे । तर झण्डा लैजान कोही आएनन् ।

 

फोहोरमा भेटिएको झण्डा के गर्ने भनेर अभियान्ताबीच छलफल हुँदा सम्बन्धित पार्टी कार्यालयमा बुझाउने समझदारी बन्यो । त्यसपछि केपी खनाल सहितको टोलीले नेकपाका पार्टी कार्यालय पेरिसडाँडा र धुम्बाराही पुगेर झण्डा बुझाएको छ ।

भीड बढाउन राजनीतिक आस्था विनाका मान्छेलाई प्रदर्शनमा सहभागी गराउँदा झण्डालाई जथाभावी फालेर फोहोर गर्ने गरिएको अभियान्ता खनालको तर्क छ । ‘राजनीतिक आस्थामा कटिवद्ध व्यक्तिले यसरी झण्डालाई जथाभावी फाल्दैन,’ उनले भने, ‘आगामी दिनमा हुने प्रदर्शन र र्‍यालीमा आफ्ना झण्डा सुरक्षित राख्न आग्रह गर्दछु ।’

कैलालीको लम्कीचुहाका स्थायी वासिन्दा खनाल केही हप्तायता काठमाडौंमा आएर सरसफाई अभियान सञ्चालन गरिरहेका छन् । खनालले अघिल्ला शनिवार समेत सरसफाई कार्यक्रम गरेका थिए । माइतीघर मण्डला क्षेत्रमा भएको सरसफाई कार्यक्रममा कमेडियन हिमेश पन्तको प्रमुख उपस्थिति रहेको थियो ।

शनिबार, माघ २४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.