धनगढी, माघ २४/ बझाङ जिल्ला प्रहरी कार्यालय बझाङको सरकारि गाडी टिकटक बनाउनमा प्रयोग गरिएको छ । जनतालाइ शान्ति सुरक्षा दिनमा प्रहरीहरुलाई यातायातमा सहज होस् भनेर जिल्ला प्रहरी कार्यालयमा दिइएको गाडी टिकटक बनाउन प्रयोग गरी दुरुपयोग गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काले गाडी मर्मत गर्ने ठाउँको मान्छे हुन सक्ने भन्दै गाडी नम्बर बताउन मानेनन ।
प्रहरिलाई यातायातका साधन न्युन भईरहेका बेला यसरि गाडी दुरुपयोग भएकोमा सामाजिक सजांलमा सर्बत्र आलोचना भईरहेको छ । “गाडि ग्यारिजमा राखेको बेलामा एकजना युवकले टिकटक बनाउनमा प्रयोग भएको हुनसक्ने प्रहरि श्रोतले जानकारी दिएको छ ।
