धनगढी, माघ २४/ गत साता उत्साह कायम गरेको कारोबार रकम यो साता भने घटेको छ ।
गत साता रू। ४४ अर्ब ४६ करोड ३९ लाख ८१ हजार बराबरको शेयर कारोबार भएकोमा यो साता रू। ४१ अर्ब ६८ करोड ६४ लाख ३ हजार बराबरको शेयर कारोबार भएको हो ।
कारोबार रकम गत साताभन्दा यो साता रू। २ अर्ब ७७ करोड ७५ लाख ७८ हजार कम भएको छ । गत साता दुई कारोबार दिन कारोबार रकमले ऐतिहासिक रेकर्ड ब्रेक गरेको थियो । यो साता भने चौथो कारोबार दिन रू। ९ अर्ब ५३ करोड भन्दा बढीको शेयर कारोबार भएको छ भने दोस्रो दिन रू ६ अर्ब ९७ करोडभन्दा बढीको कारोबार भएको छ ।
कारोबारको पहिलो दिन रू ८ अर्ब ९७ करोडभन्दा बढीको र तेस्रो दिन रू। ८ अर्ब ५९ करोडभन्दा बढीको काराबोर भएको छ । साताको अन्तिम कारोबार दिन सबैभन्दा कम रू ७ अर्ब ६१ करोड भन्दा बढीको शेयर कारोबार भएको छ । यो साता औषतमा करिब ७ अर्बको शेयर कारोबार भएको छ ।
कारोबार रकम घटेसँगै यो साता कारोबार कित्तामा पनि कमि आएको छ । गत साता ९ करोड ५७ लाख १४ हजार ३३१ कित्ता शेयर कारोबार भएकोमा यो साता ८ करोड ५६ लाख ७४ हजार ७१३ कित्ता शेयर कारोबार भएको हो ।
कारोबार कित्ता गत साताभन्दा यो साता १ करोड ३९ हजार ६१८ कित्ता कम भएको हो ।सातामा नेपाल पुनर्बीमा कम्पनीले सर्वाधिक रकमको शेयर कारोबार गरेको छ ।
यस कम्पनीको रू। २ अर्ब १ करोड २० लाख २३ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको शेयर कारोबार गरेको यस कम्पनीको शेयरमूल्य पनि यो साता प्रतिकित्ता रू। ७० ले बढेको छ । गत साता प्रतिकित्ता रू १ हजार ५२३ रहेको कम्पनीको शेयरमूल्य यो साता रू। १ हजार ५९३ पुगेको हो ।
यो साताको बजारमा कारोबार रकम र कित्तामा कमि आएपनि अन्य महत्वपूर्ण सुचकहरुमा भने वृद्धि देखिएको छ । यो साता शेयर कारोबार मापक नेप्से परिसूचक गत साताभन्दा ४९ दशमलव ९७ अंक बढेको छ ।
गत साता अन्तिम कारोबार दिन माघ १५ गते २ हजार ४२५ दशमलव २९ विन्दुमा रहेको नेप्से परिसूचक यस साताको अन्तिम कारोबार दिन माघ २२ गते २ हजार ४७५ दशमलव २६ विन्दुमा पुगेको छ ।
यो साता पाँच कारोबार दिननै बजार खुला भएको छ । पाँच कारोबार दिनमा बजार तीन दिन बढेको छ भने दुई दिन घटेको छ ।
पहिलो कारोबार दिन ५४ दशमलव ७५ अंकले घटेको बजार दोस्रो दिन ३७ दशमलव ७० अंक र तेस्रो दिन ६५ दशमलव ४९ अंक बढेको छ । चौथो दिन ६ दशमलव ८१ अंकले घटेको बजार अन्तिम पाँचौ दिन ८ दशमलव ३४ अंक बढेर बन्द भएको हो ।
त्यस्तै ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स ११ दशमलव ९६ अंक बढेको छ । गत साता ४४२ दशमलव शून्य ६ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४५४ दशमलव शून्य २ विन्दुमा पुगेको हो ।
यो साता राजनितिक घटनाक्रमका कारण देशभरको जनजीवन प्रभावित बनेपनि शेयर बजार भने उत्साहपूर्णनै रह्यो । अघिल्लो समयमा बजारको घटबढलाई राजनीतिक घटनाक्रमसँग जोड्नेहरुलाई पछिल्लो समय बजारमा देखिएको उतारचढाबले उक्त विषयलाई गलत सावित गरेको छ ।
नेप्से परिसूचक उकालो लागेको साता लगानीकर्ताको सम्पत्ति मूल्य पनि रू।६७ अर्ब ३० करोड ५० लाख १० हजारले बढेको छ । शेयर बजारको कुल पूँजीकरण रकम रू। ३३ खर्ब ३४ अर्ब ६ करोड ३० लाख ३४ हजार कायम भएको हो ।
गत साता यो रकम रू। ३२ खर्ब ६६ अर्ब ७५ करोड ८० लाख २४ हजार थियो ।सर्वाधिक बजार पूँजीकरणको हिस्सा यो साता पनि नेपाल दुरसञ्चार कम्पनीकै रहेको छ । उक्त कम्पनीको कुल बजारपूँजीकरण रू। २ अर्ब १७ अर्ब ५० करोड पुगेको हो ।
गत साताभन्दा यो साता कम्पनीको शेयरमूल्य पनि प्रतिकित्ता रू। १०२ ले बढेको छ । गत साता प्रतिकित्ता रू। १ हजार ३४८ रहेको उक्त कम्पनीको शेयरमूल्य यो साता रू। १ हजार ४५० कायम भएको हो ।