धनगढी, माघ २३/ नेपाली कांग्रेसका नेता रमेश लेखकले बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको सनातन धर्म उच्च माविकी छात्रा भागरथी भट्टको हत्या घटना छानविन गरि दोषीमाथि कारबाहीको माग गरेका छन् ।
उनले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् भट्ट हत्या घटनाको सत्यतथ्य छानविन गरि दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।
दोगडाकेदारको चडेपानीमा रहेको सनातन धर्म उच्च माविमा कक्षा १२ मा अध्यनरत १९ वर्षीया भट्ट माघ २१ गतेका विद्यालयबाट घर फर्किने क्रममा लबलेक सामुदायिक बनको जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् ।
उनका आफन्तले भट्टको बलात्कारपछि हत्या गरिएको दाबी गरेका छन् । बैतडी प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।