• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेपालले बिजुली किन्थ्यो, अब बेच्छ : प्रधानमन्त्री ओली

धनगढी, माघ २३/ कालीगण्डकी कोरिडोर प्रसारण लाइन अन्तर्गत २२०÷१३२ केभी खुर्कोट–दाना प्रसारण लाइन र पर्वतको खुर्कोट तथा म्याग्दको दानामा रहेका सबस्टेशनको उद्घाटन गरिएको छ । बिहीवार ऊर्जामन्त्री टोपबहादुर रायमाझीको भौतिक उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट आयोजनाको प्रसारण लाइन र सबस्टेशनको उद्घाटन गर्नु भएको हो ।

पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दाना जोड्ने प्रसारण लाइन र दुई ठाउँमा रहेका सबस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल भारतबाट विद्युत् किन्ने स्थितिबाट अब बेच्ने अवस्थामा पुगेको बताउनुभयो । अहिलेसम्म नेपाल ऊर्जामा परनिर्भर भए पनि अबका केही वर्षमै निर्यात गर्न योग्य हुन थालेको दाबी उहाँको छ । बिमस्टेकमा आबद्ध देशहरूसँग विद्युत् व्यापारको सम्झौता भएको जानकारी दिँदै ओलीले देशमा ठूलो मात्रामा उत्पादन हुने बिजुली बिमस्टेक सदस्य राष्ट्रहरूमा बेचेर आम्दानी लिन सकिने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ठूलादेखि साना आयोजना अहिले निर्माणको चरणमा रहेकाले अबको २० वर्षमा नेपालमा ४२ हजार मेगावट विद्युत् उत्पादन हुने जानकारी दिए ।

एशियाली विकास बैंकको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सन् २०१६ देखि निर्माण शुरू गरेको यो परियोजना सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजना निर्माणमा २ अर्ब ७४ करोड रुपैयाँ खर्च भएको नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट जोड्ने यो प्रसारण लाइनको दोस्रो खण्ड पर्वतको खुर्कोट हुँदै बुटवलसम्म जोडिनेछ । दाना–खुर्कोट सबस्टेसनको दूरी ३९ किलोमिटर र खुर्कोट–बुटवलको दूरी ८८ किलोमिटर छ । यो प्रसारण लाइन निर्माणपछि ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र १३ दशमलव ६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय लाइनमा जोडिएका छन् । थापाखोला र घलेम्दी आयोजना यसअघि नै निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभावमा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका थिएनन् । निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्रिखोला जलविद्युत् आयोजनाले संरचनाको परीक्षण शुरू गरेको छ ।

पर्वतको मोदीखोलामा निर्माणाधीन आयोजनाको विद्युत् पनि यो प्रसारण लाइनमार्फत केन्द्रीय लाइनमा जोड्ने तयारी छ । दानादेखि खुर्कोटसम्म ५०० मेगावाट र खुर्कोटदेखि बुटवलसम्मको प्रसारण लाइनमा १५ सय मेगावाट विद्युत् प्रसारण क्षमता रहेको विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक शाक्यले जानकारी दिए ।

शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.