धनगढी २२ माघ/ कैलालीको चुरे गाउँपालिका वडा नम्वर १ का किम्ताेला-मिलनपुरबासी बत्तीमूनीकाे अध्याँराेमा बस्न बाध्य भएका छन ।
३.३३ मेगावाट क्षमता भएकाे कापडी गाड जलविद्युत अायाेजनाकाे निर्माण कार्य सम्पन्न भएकाे तीन वर्ष भइसक्दा पनि किम्ताेला, खसरे, बजाडी, अाम्सेरा, सल्लेबासा, मिलनपुरका जनताले बत्तीको मुख देख्न पाएका छैनन् ।
घरघरमा सिंह दरवारका नारा लगाउने छाेटे राजाहरूले चाँसाे नदेखाउँदा र स्थानीयकाे अावज छाेटे राजाहरूले नसुन्दा चुरे १ का जनताहरू अध्याँराेमा बस्न बाध्य भएका हुन ।
निर्माण सम्पन्न कापडी गाड जलविद्युत् अायाेजनाकाे बत्ती केन्द्रीय प्रसारण लाइन बुडरमा जाेडिएकाे छ । केन्दीय प्रसारण लाइनमा लगिएकाे बत्ती चुरे १ का जनताकाे खेतीयोग्य जमिन हुँदै लगिएकाे छ । बत्ती बाल्न पाइने भयाे भनेर स्थानीयले खेतीयोग्य जमिन नासेर बत्तीको पाेल बिस्तार गर्न दिए । बत्तीको पाेल पनि बिस्तार भयाे, तार पनि तानियाे, बत्ती पनि छाेडियाे तर स्थानीयले भने बत्ती बाल्न पाएनन् ।
स्थानीयले चुरे गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हुकुम बाेहराकाे खराव नियतले गर्दा अाफुहरूले बत्ती बाल्न नपाएकाे अाराेप लगाएका छन ।
वडा अध्यक्ष बाेहरा क्षेत्रीयता, वर्गीयता र जातीयताका नारा लगाउनमा ठिक्क भएकाले विकास निर्माणका कार्य थप्प भएकाे स्थानीयले गुनासाे गरेका छन । स्थानीयले वडा अध्यक्षका कारण स्थानीयले गाउँगाउँमा सिंह दरवार अाएकाे महसुस गर्न नपाएकाे बताएका छन ।
एक स्थानीयले नाम नबताउने सर्तमा भनेका छन वडा अध्यक्ष बाेहराकाे खराव नियतका कारण हामीहरू अध्याँराेमा बस्न बाध्य भएका छाैं । वडाअध्यक्ष बाेहराले भेगीय नारा लगाउने गरेकाले विकास निर्माण कार्यले गति पाउन नसकेकाे बताएका छन ।
उनले भने, वडा अध्यक्ष बाेहराले चुरे-१ का क्षेत्रमा बराबर विकास गर्नुपर्ने हाे तर उहाँमा त्यस्ताे देखिएन । उनले किम्ताेला, खसरे, शिवनगर, बजाडी, अाम्सेरा, सल्लेबासा, मिलनपुर क्षेत्रमा वडा अध्यक्षकाे ध्यान नपुगेकाे बताए । उनले भने, तल्लाे भेग भन्दा माथिल्लाे भेगमा पुग्ने गरेका अध्यक्ष बाेहराले भेगीयका नारा लगाएर जनतालाई लडाउन खाेजेका छन ।
अर्का एक स्थानीयले वाड अध्यक्ष बाेहरा विधुत् सहकारीकाे नाममा भ्रष्टाचार गर्न व्यस्त भएकाे बताए । विधुत सहकारी मार्फत बत्ती बिस्तार गर्ने भन्दै वर्षेनी बजेट विनियोजन हुने तर त्याे बजेटकाे कुनै लेखाजोखा नभएकाे बताए । विधुत् सहकारी मार्फत बत्ती बिस्तार हुन्छ भनेकाे चार वर्ष भइसक्याे तर अहिले सम्म पनि जनताले बत्ती बाल्न पाएका छैनन् । उनले भने विधुत् सहकारी पनि माथिल्लाे भेग घरखेडा, अलाड, घाेडेथर, अाेजेना, दिगडा, डुप्केखाली, पालडी, पखिर र निगालीसम्म मात्र भएकाे बताए ।
उनले भने, विधुत सहकारी मार्फत बत्ती बिस्तार गर्ने याेजना वडा पालिकाकाे भएकाे भए वडा नम्बर १ का सबै क्षेत्रमा हुनुपर्ने हाे । उनले वडा अध्यक्ष विकास प्रेमी नभई भ्रष्टाचार प्रेमी भएकाे बताए ।
चुरे- १ काे माथिल्लाे भेगमा विधुत् सहकारी मार्फत बत्ती बाल्ने तयारीमा रहेका वडा अध्यक्ष बाेहराले जनताकाे अाखाँमा छाराे हालेकाे स्थानीयले बताए । विधुत सहकारीलाई वडा अध्यक्ष बाेहराले कमाई खाने थलाे बनाएकाे स्थानीयले अाराेप लगाए ।
स्थानीयले लगाएकाे अाराेप र गुनासाेका विषयमा वडा अध्यक्ष बाेहरासंग बुझ्दा उनले अाफु काम गरिरहेकाे र छिटाे भन्दा छिटाे बत्ती बाल्ने तयारीमा हरेकाे बताए । उनले सहकारी विधुत मार्फत माथिल्लो भेगमा बत्ती बिस्तार गर्ने र तल्लाे भेगमा कापडी गाड जलविद्युत अायाेजनाकाे सब स्टेसनबाट विधुत् बिस्तार गर्ने बताए ।
चुरे १ का स्थानीयकाे खेतीयोग्य जमिनलाई नासेर लगिएको बत्ती स्थानीयले बाल्न पाएका छैनन् । डाेटी जिल्लाकाे बडीकेदार गाउँपालिका वडा नम्बर १ काे थलीमा निर्माण सम्पन्न ३.३३ मेघावाटकाे कापडी गाड जलविधुत् अायाेजनाकाे लाइन बिस्तार बडिकेदार, चुरे र जाेरायल गाउँपालिका हुँदै केन्द्रीय प्रसारण लाइन बुडरमा लगिएकाे छ तर स्थानीयहरूले भने बत्ती बाल्न पाएका छैनन् ।