धनगढी, माघ २०/ आफ्नै घरमा चोरी गर्ने ३ जना पक्राउ परेको सल्यान प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दार्मा गाउँपालिका–२ मेलटाकुरीका २८ वर्षीय लाल बहादुर सुनार, बनगाड कुपिण्डे नगरपालिका–५ को २७ वर्षीय मेघराज साहु र कुमाख गाउँपालिका–३ ढोरचौरमा सुन पसल गर्दै आइरहेका ३० वर्षीय वीर बहादुर विक रहेका छन्।
मादक पदार्थ सेवन गर्न परिवारले पैसा नदिएपछि आफ्नै घरमा चोरी गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए।
पक्राउ परेका तीनै जनामाथि अनुसन्धानका भइरहेको प्रहरीले बताएको छ।
