धनगढी, माघ २०/ प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सरकारको तर्फबाट आज पनि प्रतिरक्षा बहस जारी छ। मंगलबार पनि संवैधानिक इजलासमा जारी बहसमा प्रतिनिधिसभा विघटनको पक्षमा महान्यायाधिवक्ता अग्नि खरेलले आफ्ना तर्क राखिरहेका छन्।
पुस ५ मा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको बचाउ गरिरहेका उनले बारम्बार २०५२ मा भएको प्रतिनिधिसभा विघटनको नजिरलाई पटक पटक दोहोर्याइरहेका छन्।
गीतको चर्चा
सर्वोच्चमा परेका १३ वटा रिटमाथिको सुनुवाइका क्रममा केही दिनअघि रिट निवेदकतर्फबाट बहस गर्दै अधिवक्ता गोपाल कृष्ण घिमिरेले एउटा गीतको कुरा जोडेका थिए। सरकारको तर्फबाट प्रतिरक्षा बहसमा उत्रिएका महान्यायाधिवक्ताले पनि फेरि गीतकै प्रसंग जोडेर जवाफ दिइरहेका छन्।
निवेदक तर्फका अधिवक्ता घिमिरेले केही दिन अगाडि अन्जु पन्तको ुन बिर्सेँ तिमीलाई न पाएँ तिमीलाईु भन्ने गीत उद्धृत गर्दै त्यसलाई कानुनी व्याख्या गरेका थिए। घिमिरेले नेपालको संविधानलाई गीतसँग जोड्दै ‘न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई’भन्दै दुई लाइन गुनगुनाएर बहस गरेका थिए। उनले भनेका थिए, ‘दुई-दुईवटा संविधानसभाले बनाएको संविधान न बिर्सन सकिन्छ, न संविधान पाएको जस्तो भयो यो विघटनले।’
इजलासमा शम्भु थापाको सायरी : जला है जिस्म जहाँ दिल भी जल गया होगा
घिमिरेले सभामुखलाई समेत थाहा नदिइ प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन सिफारिस गरेको बताउँदै सरकारको यो असंवैधानिक कदम खारेजी माग गरेका थिए। त्यही गीतको सन्दर्भलाई जोडेर आजको प्रतिरक्षा बहसमा महान्यायाधिवक्ता खरेलले जवाफ दिएका छन्। उनले घिमिरेले उठाएको विषयलाई काउन्टर जवाफ दिँदै ‘न बिर्से तिमीलाईु को सट्टा अर्कै गीत गाउनुपर्ने तर्क गरेका थिए।
विद्वानज्यूले अस्ति एउटा गीतको बोल भन्नुभयो, ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाईु, म पनि बाथरुममा बेला बेला गीत गुनगुनाउँछु। श्रीमानहरू पनि गुनगुनाउनु हुन्छ होला। अञ्जु पन्तको गीतको साटो प्रकाश पौडेलको गीत गाउनु भएको भए हुन्थ्यो, ‘मलाई त्यही केटी चाहिन्छ, मलाई विघटन भएको त्यही संसद चाहिन्छ। जनतामा जान्न म मलाई त्यही संसद चाहिन्छ ।’
महान्यायाधिवक्ता खरेलले गीतको जवाफमा गीतको लाइन नै सुनाएपछि बेन्चबाट न्यायाधीश तेजबहादुर केसीले ‘गीतको जवाफ आयो, सायरीको चाहिँ दिनुहुन्न ? भनेर प्रश्न गरेका थिए।
प्रतिनिधिसभा शरीर र संविधान मन स् शरीर जले मन बाँकी रहला र
यसअघि नेकपा दाहाल-नेपाल समूहका प्रमुख सचेतक देव गुरुङसहितको रिटमाथि बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि सायरी सुनाएका थिए। उनले मिर्जा गालिबको ऊर्दू सायरी इजलासमा सुनाउँदै बहस गरेका थिए।
जला है जिस्म जहाँ दिल भी जल गया होगा,
कुरेदते हो जो अब राख जुस्तुजू क्या हैु
थापाले उक्त सायरीको व्याख्या गर्दै संसद नै मर्यो भने बाँकी केही नरहने तर्क गरेका थिए। ‘जला है जिस्म जहाँ दिल भी जल गया होगाु लाई थापाले प्रतिनिधिसभा विघटनसँग जोडेर व्याख्या गरेका थिए। जला है जिस्म अर्थात् जहाँ शरीर जलेको छ, दिल भि जल जया होगा अर्थात् त्यहाँ दिल पनि जलेको हुन्छ।
महानायायाधिवक्तलाई प्रश्न : अर्को सरकार नबन्ने कुरा प्रधानमन्त्रीले दाबी गर्ने कि सदनमा जाने ?
थापाले बहसका क्रममा थप स्पष्ट पार्दै भने, ‘जहाँ प्रतिनिधिसभा जल्यो, त्यहाँ संविधान अर्थात मन पनि जल्यो। प्रतिनिधिसभा नै विघटन भएपछि संविधान पनि जल्यो नि। थापाले बहसका क्रममा जिस्म शरीर लाई प्रतिनिधिसभा र दिललाई संविधानसँग जोडेका थिए। खरेलले न्यायाधीश केसीले सायरीबारे सोधेको प्रश्नको जवाफ दिएनन्। तर उनले संसद विघटनको अधिकार प्रधानमन्त्रीमा अन्तरनिहीत रहेको पटक पटक व्याख्या गरिरहेका छन्।