धनगढी, माघ २०/ कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ खैरीघाटबाट लागु औषधको कारोबार गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सुचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रीय अनुसन्धान समुह आरआईटी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको संयुक्त प्रहरी टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगर बस्ने ५७ वर्षीय टिका बहादुर केसीलाई सोमबार साँझ पक्राउ गरेको हो ।
उनको साथबाट ११ ग्राम १६० मिलिग्राम लागु औषध खैरो हिरोईन समेत बरामद गरिएको प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । पक्राउ परेका केसीलाई कानुन बमोजिम थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइने कञ्चनपुर प्रहरीले जनाएको छ ।