धनगढी, १९ माघ/ कैलालीको घोडाघोडी नगरपालिका १ घोडाघोडी क्षेत्रमा रहेको वेद विद्या आश्रम आर्थिक तथा भौतिक समस्या झेल्दै आएको छ ।घोडाघोडीमा रहेको विराट सनातन धर्म संस्कृति संरक्षण प्रतिष्ठानद्धारा सञ्ंचालित विद्या आश्रममा पुर्वी दर्शनशास्त्रमा आधारित रही धर्म, संस्कार र संस्कृतीलाई उजागर गर्ने र संस्कृत शिक्षालाई विश्वव्यापी प्रचारप्रसार गर्ने उदेश्यले आश्रमको स्थापन भएको हो ।
आर्थिक समस्या झेल्दै आएको कैलालीको घोडाघोडीमा रहेको वेदबिद्या आश्रममा प्रयाप्त मात्रमा भौतिक संरचना नहुँदा पठन पाठनमा समस्या भईरहेको छ । संस्कृत भाषाले धर्मसंस्कृतीको संरक्षण गर्ने र भाषाहरुको जननी र प्राचिन भाषा भएकोले यसको स्वरुप बिश्वभर फैलिएको बताउदै यसको संरक्षण गर्नुपर्ने बिद्यार्थी चित्र रेग्मीले बताए ।
आफुहरु भौतीक संरचना नहुँदा स्वतन्त्ररुपमा पढ्न नपाएको दैलेखवाट कैलालीको घोडाघोडीकमा संस्कृत भाषा पढ्न आएका बिद्यार्थी रेग्मीले बताए । पढ्ने छुट्टै कक्ष नभएकोले आछ्यानमै बसेर पढ्नु पर्ने बाध्यता रहेको उनको दुखेसो छ ।भौतिक संरचनाको अभाव भएकोले बिद्याथीहरुलाई खान बस्न र पढाई गर्न समस्या रहेको आश्रम ब्यबस्थापन समितका उपाध्यक्ष लक्ष्मीप्रसाद न्युरे बताए । बिभिन्न निकायमा पटक पटक माग गर्दा पनि सरोकारवाला निकायले बेवास्था गरेको उनको भनाई छ ।निम्न आयस्तर भएका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका बिद्यर्थीहरु संस्कृत तथा बेद सम्बन्धि अध्ययन गर्न आउने गरेको आश्रमलाई केही संस्था वाहेक अरु कसैको सहयोग नभएको उपाध्यक्ष न्युरेको भनाई रहेको छ ।
सुत्ने र पढ्ने एउटै कक्षा कोठा भएको र भौतीक संरचनाको अभाब रहेको बिद्यालयका शिक्षक शंकर सञ्ज्यालको गुनासो छ । हाल बिद्यालयमा ६ ओटा मात्र कक्षाकोठा रहेका छन् । भौतीक संरक्षन अभावमा पढ्न चाहने बिद्यार्थीलाई पनि भर्ना गर्न नसकिएको शिक्षकको भनाई छ । नेपाली भाषा लगायत अन्य भाषाको समेत माउ भाषाको रुपमा रहेको यो भषा वेद, पुराण आदीमा मात्र होइन नेपालको प्राचीन इतिहास पनि संस्कृतमै लेखिएको यसको संरक्षण गर्नुपर्ने जरुरी रहेको त्यहा अध्यनरत विद्यार्थी चित्र रेग्मीको भनाई छ ।