• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

नेपाल राष्ट्र बैंकद्धारा क्यूआर कोड गाइडलाइन मस्यौदा तयार

धनगढी, माघ १९/ क्यूआर कोड प्रयोग गरेर भुक्तानी दिने प्रचलन बढेसँगै नेपाल राष्ट्र बैंकले यसलाई नियमन गर्न ‘नेपाल क्यूआर स्ट्यान्डर्डाइजेशन फ्रेमवर्क एन्ड गाइडलाइन’को मस्यौदा तयार पारेको छ । संस्थाहरूले भुक्तानीका लागि क्विक रेस्पोन्स क्यूआर कोडलाई प्रयोगमा ल्याए पनि केन्द्रीय बैंकले हालसम्म नीतिगत व्यवस्था गरेको थिएन ।

करीब ३ वर्षदेखि बजारमा सञ्चालनमा रहेको यो उपकरणलाई प्रचलनमा ल्याउन बैंक तथा वित्तीय संस्थाहरू र भुक्तानी प्रदायक संस्थाहरूले बढी जोड दिन थालेपछि केन्द्रीय बैंकले यसबारे व्यवस्था गरेको हो । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्दै जाने क्रममा नेपाल राष्ट्र बैंकले क्यूआर कोडलाई विशेष रूपमा केन्द्रित गरेको बताउँछन् । क्यूआर कोडको भुक्तानीलाई राष्ट्र बैंकले नियमन गर्ने उद्देश्यले अन्तरराष्ट्रिय मान्यता तथा प्रचलनका आधारमा मस्यौदा तर्जुमा गरेको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले जानकारी दिए । ‘अहिले क्यूआर कोडको फ्रेमवर्क तथा गाइडलाइन बनाएर छलफलका लागि खुला गरेका छौं । सम्बद्ध सरोकारवालाहरू भुक्तानी प्रदायक र सञ्चालकहरू, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट, ग्राहक सबैका लागि यो व्यवस्थाबारे प्रतिक्रिया लिन वा अझै के थप गर्दा राम्रो होला भन्नका लागि धारणा लिन खोजेका हौं, उनले भने, ‘कतिपयले सुझाव पठाइरहेका छन र अझै सुझावको अपेक्षा गरेका छौं । सुझाव संकलन भएपछि छलफल गरेर टुंग्याउँछौं र त्यसपछि निर्देशन जारी गर्छौं ।’

मस्यौदामा क्यूआर कोड भुक्तानीमा अन्तरआबद्धताको व्यवस्था गरिएको छ । जसरी भिजा कार्ड भएपछि जुनसुकै एटीएममा जाँदा पनि चल्छ जस्तै क्यूआरकोडलाई पनि अन्तरआबद्ध गर्ने व्यवस्था गर्न खोजेको हो ।

क्यूआर कोड सेवा प्रयोगबापत शुल्क लिन नपाइने व्यवसथा छ । यसको प्रणाली मर्चेन्टहरूसँगको सहकार्यमा गर्ने भएकाले ग्राहकलाई सेवा शुल्क लाग्दैन । मस्यौदामा पनि केन्द्रीय बैंकले यस्तो सेवा लिएबापतको शुल्क तोकेको छैन । तर, भोलिका दिनमा बजारले शुल्क तोक्न सक्ने र आवश्यक परेका बेला भने राष्ट्र बैंकले शुल्क सीमा तोक्न सक्ने प्रस्ताव गरिएको छ । ग्राहकहरू नठगिऊन् र बजार नबिग्रियोस् भनेर यस्तो भनेको राष्ट्र बैंकको भनाइ छ ।

मस्यौदाले क्यूआर कोडको नेटवर्क, इस्यू गर्ने सबै संस्था, मर्चेन्टलगायत बजारका सबै खेलाडीको दायित्वबारे मापदण्डको व्यवस्था गरेको छ । यस्तै, क्यूआर कोड प्रयोगमा सुरक्षाको प्रबन्ध अपनाउन भनेको छ । क्यूआरको भुक्तानी एउटा बैंकबाट अर्को बैंकमा गर्ने प्रक्रिया हो । यस्तो कारोबारमा सुरक्षाको व्यवस्थाका लागि विधि अपनाउन समेत भनिएको छ ।

क्यूआर कोडलाई जारी गर्ने नेटवर्क, संघसंस्थाहरूको आआफ्नो भूमिकोबारे पनि मस्यौदामा व्याख्या गरिएको छ । संस्थाहरूले नेटवर्क, प्रणाली र सिस्टमलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने छ । ग्राहकले गरेको कारोबार एउटा संस्थाबाट अर्को संस्थामा जाने भएकाले सूचना तथा तथ्यांकलाई सुरक्षित रूपले व्यवस्था मिलाउन भनेको छ ।

संस्थाहरूले क्यूआर कोडमा हुने कारोबारको राफसाफ गर्ने, जोखिमलाई समाधान गर्ने तथा ग्राहकको गुनासो सम्बोधन गर्नुपर्ने राष्ट्र बैंकले बताएको छ । मस्यौदाअनुसार क्यूआर कोड कारोबारका लागि बजारमा ल्याएर मात्र नहुने भएकाले यसलाई आम सर्वसाधारण समक्ष पुर्‍याउन आवश्यक देखिएको छ । ‘प्रणाली ल्याएर मात्र हुँदैन । ग्राहकले सुरक्षित भएर प्रयोग गर्नुपर्‍यो,’ उनले भने ।

क्यूआर कोर्ड इस्यू गर्ने संस्थाहरूले स्पेसिफिकेशनमा रहेर व्यवस्था गर्नुपर्ने छ । यसो गरेमा एउटा संस्थाले जारी गरेको क्यूआर अर्को संस्थाको क्यूआरले रिड गर्न सक्छ । यसले गर्दा ग्राहकले सामान किनेपछि आफ्नो खातामा रहेको रकमबाट पसलेको खातामा ट्रान्सफर गर्न सहज हुन्छ ।

पछिल्लो समय क्यूआर कोड प्रयोगकर्ताको संख्या क्रमशः बढिरहेको छ । गत मङ्सिरमा मात्रै ३ लाख ४३ हजार ५ सय ७४ को संख्यामा रू। १ अर्ब २५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघिको कात्तिक महीनामा २ लाख ४१ हजार ८ सय १८ को संख्यामा रू ९३ करोड ९० लाखको कारोबार भएको थियो ।

सोमबार, माघ १९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.