धनगढी, १८ माघ/ खप्तड मालिका यातायात प्रालिमा बिवाद सृजना भएको छ । प्रालीको गते दिलबहादुर लखौला समुहले माघ १५ साधारण सभामा सम्पन्न गरेको भन्दै आफु अध्यक्ष भएको बताउदै आएका छन् ।
यता खप्तड मालिका यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशीले आईतबार एक बिज्ञप्ती प्रकाशित गर्दै अध्यक्षलाई जानकारी नगराई खलौला समुहले आफुखुशी साधारणसभा गरेको भन्दै आपत्ती जनाएका छन् ।
खप्तड मालिका यातायात प्रालि दर्ता हुदाँ ४८ जना शेयर सदस्यहरु रहेका र प्रालि सञ्चालन प्रकृया पछि २२ जना शेयर सदस्यहरुले छोडी मालिका यातायात प्रालि लगायत अन्य कम्पन्नीमा गएका थिए । अहिले कार्यसमितीले साधारणसभा तथा अधिवेशन सम्पन्न गर्न भनी निर्णय नहुदै खलौला समुहले एकतर्फी साधारण सभाको सम्पन्न गरेको प्रति अध्यक्ष अनन्तराज जोशीले आपत्ती जनाएका छन् ।
कम्पनीको अध्यक्षलाई समेत जानकारी नगराई अधिवेशन सम्पन्न गराएको खबर बाहिर सुनि आएकोमा अध्यक्ष जोशीले भर्तसना गरेका छन् । सोझासाझ वबस व्यबसायीलाई भुक्याउनुका साथै संस्थानै धरासायी गर्ने हेतुले गरिएको साधारण सभाको कुनै अस्तित्व नभएकोले त्यसको पछि नलाग्न समेत अध्यक्ष जोशीले आग्रह गरेका छन् ।
सोझा व्यवसायीलाई बेचेर बसेकाहरु रहेकाले वास्तविक लगानी कर्ता व्यवसायीलाई अलपत्र पार्ने खालको कार्य गरेकाले सो–कार्य प्रालिलाई मान्य नहुने समेत प्रेस बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।