• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेपाल र इजरायलबीच कामदार लैजाने ‘प्रोटोकल’ मा हस्ताक्षर

धनगढी, माघ १८ /नेपाल र इजरायलबीच कामदार लैजाने प्रोटोकलमा हस्ताक्षर भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायली राजदूत खनान गोडेरले बिहीवार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै तत्कालका लागि ५ सय नेपाली नागरिक इजरायलमा केयर गिभरका रूपमा काम गर्न जाने बाटो खुलेको छ ।

गत असोज १४ गते नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रमबजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’मा हस्ताक्षर भएको थियो । त्यही सम्झौतालाई कार्यान्वयन गर्न बिहीवार ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर भएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । कार्यक्रममा नेपालका लागि इजरायली राजदूत खनान गोडेरले नेपाली श्रमिक लैजाने प्रक्रियालाई अब निरन्तरता दिने बताए । श्रममन्त्री गौरीशंकर चौधरीले केयरगिभरका साथै कृषिक्षेत्रमा नेपाली कामदार लैजाने व्यवस्था मिलाउन पनि राजदूत गोडेरसँग आग्रह गरेका थिए । यसअघि भएको श्रमसम्बन्धी सम्झौतामा इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्य र इजरायली विदेशमन्त्री गाबी अश्केनाजीले हस्ताक्षर गरेका थिए ।

प्रोटकलअनुसार सरकार– सरकारबीच ९जीटुजी० सम्झौता भएकाले कामदार पठाउने प्रक्रियामा म्यानपावर संलग्न हुने छैन । इजरायल जाँदा लाग्ने हवाई खर्च श्रमिक आफैले तिर्नुपर्नेछ । इजरायलको श्रम कानून निकै नै श्रमिकमैत्री भएकाले तुलनात्मक हिसाबले अन्य देशभन्दा कम समस्या आउने गरेको छ । इजरायललाई श्रमिकमैत्री र आयआर्जन राम्रै हुने देशका रूपमा लिइन्छ । इजरायल जाने नेपाली कामदारले महीनाको १ लाख २० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । श्रम सम्झौतामै केयर गिभरका लागि इजरायल जाने कामदारले न्यूनतम ९० हजार रुपैयाँ पारिश्रमिक तोकिएको हुन्छ । इजरायल जाने कामदारलाई स्वास्थ्य परीक्षण, बीमा हवाई खर्चसहित लगभग ९ सय ५० डलर खर्च लाग्ने गरेको छ । उनीहरूले ५ वर्षसम्म इजरायलमा रोजगारी पाउने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । दुईदेश बीच भएको प्रोटोकल सम्झौतामा मुख्यतः पहिलो चरणमा सरकारले पठाउने ५ सय युवाले इजरायली श्रम कानूनअनुसार सेवासुविधा पाउने सुनिश्चि गरिएको छ भने इजरायलमा दक्ष र शीपयुक्त श्रमिक सरकारले पठाउन व्यवस्थित र पारदर्शी बनाउने उल्लेख छ ।

कार्यविधिमा पहिलो क्षेत्रका रूपमा इजरायलको नर्सिङ क्षेत्र ९अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत० मा नेपालीले रोजगारीको अवसर प्राप्त गर्ने उल्लेख छ ।

इजरायली रोजगारमा निजीक्षेत्रलाई सहभागी गराइएको छैन । इजरायलमा केयर गिभरको संख्या बढी छ र नेपालीहरू पनि धेरैजसो केयर गिभरका रूपमै नै त्यहाँ जाने गरेका छन । इजरायलमा करीब २ हजार ५०० को संख्यामा नेपाली रहेको सरकारी अनुमान छ । केही वर्षदेखि नेपाली कामदार लैजान बन्द गरेको इजरायलले पछिल्लो समय नेपाली श्रमिक लैजाने चाहना गरेको थियो । इजरायलले कृषि तथा केयर गिभरको क्षेत्रमा विदेशी कामदार लिँदै आएको छ ।

आइतबार, माघ १८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.