धनगढी १६ माघ/ रिभर साइड यातायात प्रा.लि.को प्रथम साधारणसभा शुक्रबार लम्कीमा सम्पन्न भएको छ ।
अध्यक्ष धिरज शाहीकाे अध्यक्षता भएको सधारणसभाकाे प्रमुख अतिथि यातायात व्यवसायी संघका बरिस्ठ उपाध्यक्ष बिजय स्वार रहेका थिए ।
प्रमुख अतिथि स्वारले यातायात क्षेत्रलाई उपेक्षा गरेकाेले याे व्यबसायलाई व्यबस्थित गर्न सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरे । साधारणसभा सभाकाे भेलाले नयाँ संचालक समिति समेत चयन गरेकाे छ । भेलाले नयाँ समितिकाे अध्यक्षमा गणेशराज ओलीकाे नेतृत्वमा ११ सदस्यीय नयाँ संचालक समिति चयन गरेकाे छ ।
संचालक समितिकाे सदस्यमा धिरज बहादुर शाही, जनक बहादुर शाही, जयरुप बुढा, बलबहादुर भण्डारी, चन्द्रप्रसाद आचार्य, जनक धामी, सुरेन्द्र पाण्डेय, हेमराज जोशी, मदन स्वार र रबिन खडका चयन भएका छन् ।