धनगढी १५ माघ/ कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको खप्तड मालिका यातायात प्रालिको सञ्चालक समितिको अध्यक्षमा दिल बहादुर खोलौला चयन भएका छन । बिहिबार अत्तरियामा भएको प्रालिको प्रथम साधारण सभाले खलौलालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
सभाले यज्ञराज हमाल, हर्क बहादुर बि.क दिनेश चौधरी, खडक बहादुर लामा, खडक बहादुर मल्ल, जित बहादुर बि.क, भिम दत्त पाण्डेय, सुमित सिंह, राजु सुनार र सनेश कुमार हमाललाई सञ्चालक समितिको सदस्य चयन गरेको छ ।
निर्वाचित सबै पदाधिकारीहरुलाई बिहिबार नै एक कार्यक्रमका बिच सपथ ग्रहण गराईएको छ । सपथ ग्रहण कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष दिल बहादुर खोलौलाले यातायात व्यवसायीहरुका हक हितका लागि आफू निरन्तर कटिबद्ध रहने बताए ।
नवनिर्वाचित समितिको कार्यकाल ४ बर्षको हुने खप्तड मालिका यातायात प्रालिले जनाएको छ ।