धनगढी, माघ १४/ प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पशुपतिनाथ मन्दिर दर्शनमा जाँदा धेरैको टाउको दुखेको बताएका छन्। बुधबार काठमाडौंमा भएको आदिवासी जनजातिहरूको राष्ट्रिय भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
म पशुपतिनाथमा के गएको थिएँ, धेरैको टाउको दुखेको रहेछु, उनले भने, हाम्रो सभ्यतासँग जोडिँदा किन आपत्ति के का लागि विरोधरु के पशुपतिनाथ आयातित हो ररु म त अरू मठमन्दिरमा पनि जान्छु नि?
उनले धर्म संस्कृति नबुझ्नेले डम्फु बजाएको मात्रै देख्ने तर उनीहरुले त्यसको महत्व नै नबुझ्ने उल्लेख गरे।
सम्बोधनका क्रममा ओली राजनीतिलाई फोहोरी खेल नबनाइ प्राप्त उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिए। केही मानिसहरु प्राप्त उपलब्धिलाई गुमाएर देशलाई अस्थिरतातर्फ धकेल्न चाहन्छन् उनले भने, निर्वाचन भएमा हामी के के न गर्छौँ भन्दै छन्। स्वतन्त्र न्यायपालिकालाई पनि के के भनिरहेका छन्।
यो परिवर्तन ल्याउन धेरैको त्याग तपस्या रहेको उनले बताए। हामीले यो उपलब्धि लिन हामी कयौँ भूमिगत भयौँ। परिवर्तनलाई उल्ट्याउन अहिले षड्यन्त्र भइरहेको छु, उनले भने, भारतीय नाकाबन्दीमा बोल्न नसक्नेहरु पनि थिए। नाकाबन्दीको सामना गर्दा यस्तो सरकार किन चाहियो भनेर मानिस उचाले। जे गर्दा पनि आलोचना मात्रै गर्छन्। देशको लागि बोल्दा नाटक हो भन्नेरु दुनियाँको भएको नभएको तिगडम गरेर क्रान्तिकारी देखिन्छन्।
उनले आफूलाई जनजाति विरोधी भनेर टिप्पणी गरेकोमा गुनासो गरेका छन्। मलाई जनजाति विरोधी भनेर पनि तपाईँहरूका कान कानमा पुगाएका छन्, उनले भने, यो देश नेपाल चार जात छत्तीस वर्णको मात्रै होइ, १३६ जातको हो।
उनले आफूले सिंगो नेपालको कुरा गरेको सुनाए। म सिङ्गो नेपालको कुरा गर्छु। तराई जाँदा मधेस कुरा, पहाडमा जाँदा जनजातिका मात्रै कुरा गर्दिनँ। हामी एउटै मूलको पानी खाएका नेपाली हौँ, उनलले भने।
उनले रुवान्डाको जातीय संहार पनि सम्झिए। रूवाण्डामा मिलेर बसेका हुती र तुत्सीलाई लडाएर तीन महिनामा १० लाख मानिसको ज्यान लिए। जब कि ती सोल्टी भएर बसेका थिए, लडाइँमा दुवैतिरका सोल्टी मरेु, उनले भने, उनीहरुका लागि कसैले गञ्जी किनिदिन सकेनन् तर बन्दुक सबैका हातमा थमाइदिएका थिए।’
नेपालमा पनि रुवाण्डामा जस्तै जातीय विद्वेष थोपर्न खोजिएको उनले बताए। त्यस्तै बुद्वि भएकाले यहाँ पनि त्यो विष यहाँ पनि फैलाउन खोजेु, उनले भने, जातैपिच्छेका राज्य र धर्मपिच्छेका राज्य पनि बाँडे। तर जनताले कुरा बुझेकाले एकजुट भएर राष्ट्रिय एकता बचाउन सक्यौँ।