धनगढी, माघ १४/ कोरोना विरुद्धको खोप अभियान आजदेखि देशभर सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल विधिबाट खोप अभियान सुरु गरेका छन् । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीका अनुसार आज १२ हजार जनाले यो खोप लगाउने छन् ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणको अभियान १० दिनभित्र सम्पन्न हुनेछ ।
नेपालमा भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप प्रयोग गरिँदै छ ।