धनगढी, माघ १२/ जाडोको सबैभन्दा बढी प्रभाव जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई पर्ने गर्दछ नगरप्रमुख वडले भने, त्यसैले वहाँहरुलाई राहत पुगोस भनेर कम्वल वितरण गरेका हौं । धनगढी उप–महानगरपालिकाले जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई प्राथमिकतामा राखेर काम गरिरहेको नगरप्रमुख वडले बताए ।
जेष्ठ नागरिकका लागि फुलवारीमा ठूलो भवन निर्माण गरेका छौं नगरप्रमुख वडले भने, ‘उप–महानगरपालिकाका ३ हजार ५ सय भन्दा बढीलाई आयआर्जनका लागि सिपमुलक तालिम संचालन गरिसकिएको छ ।’

जाडोमो समयमा आवश्यक काम बाहेक घरबाट बाहिर निस्कीनु भएन नगरप्रमुख वडले भने, ‘घरमा रहेका जेष्ठ नागरिक, बालबालिका, अपाङ्ग र अशक्तहरुको ख्याल गर्न सबैका अनुरोध गर्दछौं ।’ वडा अध्यक्ष राजेन्द्र रानाले जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई न्यानो लुगा वितरण गर्नका लागि वडा कार्यालयबाट बिनियोजन गरेको बताए ।