• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेकपा विभाजन : चिरिएको हाँडीमा आयोगको ‘सुपरग्लु’ !

काठमाडौं, माघ १२/नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरुले चाहेर पनि तत्काल पार्टी विभाजनको मान्यता नपाउने भएका छन् । यो पार्टी राजनीतिक रूपमा दुई भागमा बाँडिए पनि निर्वाचन आयोगले कानुनी रूपमा विभाजनको मान्यता नदिने भएसँगै नेकपा तत्काल विभाजन नहुने भएको हो ।

राजनीतिक रुपमा विभाजन भएको यो पार्टीमा दुवै पक्षले आधिकारिकताको दावी गर्दै आएका थिए । तर आयोगले चिरिएको हाँडीमा सुपरग्लुले टाल्ने प्रयास गरेजसरी राजनीतिक रुपमा विभाजित नेकपालाई तत्काल विभाजनसम्बन्धी कानुनी मान्यता नदिने निर्णय गरेको हो ।

आइतबार बसेको निर्वाचन आयोगको पदाधिकारी बैठकले नेकपाका केपी शर्मा ओली र प्रचण्ड–माधव दुवै पक्षले गरेका पछिल्ला निर्णयलाई मान्यता नदिने र आयोगले ओली र प्रचण्ड अध्यक्ष भएकै पार्टी नेकपा भनेर चिन्ने भएको भन्दै विभाजनका लागि स्वीकृति नदिएको हो ।

राजनीतिक र व्यवहारिक रुपमा दुई धु्रवमा बाँडिएको नेकपाको कुनै पक्षले पनि कानुनी मान्यता नपाएसँगै अब उनीहरुका गतिविधि कसरी अघि बढ्छन् भन्ने चासो बढेको छ । जबकि गत पुस ५ गते प्रधानमन्त्रीसमेत रहेका एक अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै ओली र प्रचण्ड–माधव पक्षले एकले अर्कोलाई कारवाही गर्दै नेकपाको आधिकारिकताका लागि आफै योग्य भएको भन्दै आयोगमा पछिल्ला निर्णयसहित निवेदन दिएका थिए ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुवै पक्षको दावी अनुसारको परिवर्तन हुनसक्ने देखिएन । साविककै विवरण अनुसार कायम भएको जानकारी नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय भएको उनको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले यसको विस्तृत पत्र सोमबार तयार हुने पनि बताए । कुन आधारमा आयोगले यस्तो निर्णय गर्यो भन्ने प्रश्नको जवाफ भने प्रवक्ता श्रेष्ठले दिएनन् । उनले भने, ‘मोटामोटी कुरा त्यही हो । अरु के कसरी भन्ने कुरा हामीले विभिन्न ऐन कानुनलाई आधारमा बनाएर निर्णय गरेका हौं ।’ श्रोतका अनुसार आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा ३ लाई आधार बनाएर यस्तो निर्णय गरेको हो ।

के भनिएको छ उक्त उपदफामा ?

उक्त ऐनको दफा ३३ को उपदफा ३ मा भनिएको छ, ‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा ९२० बमोजिम गठन भएको दल आयोगबाट मान्यता प्राप्त गरेको मितिबाट पाँच वर्षसम्म त्यस्तो दलबाट छुट्टिई अर्को दल गठन हुन सक्ने छैन ।’

२०७४ मा भएको संसदीय निर्वाचनमा चुनावी गठबन्धन गर्दै तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ साल जेठ ३ गते एकता घोषणा भएको थियो । तर एकता घोषणा भएको पाँच वर्ष नपुग्दै प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयपछि यो पार्टी दुई समूहमा विभाजित भएको थियो । जसमा नेकपाको एउटा पक्षको नेतृत्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्माओली र अर्को पक्षको नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले गर्दै आएका छन् ।

दुवै पक्षले आफूलाई नै आधिकारिक र मूलधार भएको दाबी गर्दै पाटी कमिटीका पदाधिकारीको फेरवदलसहित निर्वाचन आयोगमा पत्राचार गरेका थिए । यता राजनीतिक दल सम्बन्धी ऐनको परिच्छेद नौ अन्तर्गत दफा ४३ मा दलको मान्यता सम्बन्धी विवादको निरुपणबारे भनिएको
छ, ‘दुई वा दुईभन्दा बढी दलबीच देहायका विषयमा विवाद उत्पन्न भएमा त्यस्तो विवादको निरुपण आयोगबाट हुनेछ ।’ आयोगले निरुपण गर्ने विवादमा क दलको नाम, ख दलको छाप, विधान, झण्डा वा चिन्ह, ९ग० दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी छन् ।

सोमबार, माघ १२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.