वीरगञ्ज, माघ ११/वीरगञ्जमा ११ वर्षीया बालिकाकामाथि बलात्कार गरिएको छ। वीरगञ्ज महानगरपालिकामा वडा नम्बर १ छपकैयाकी ११ वर्षीयकामाथि बलात्कार गरिएको हो।
बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ।
पीडित बालिकाका बुवाका साथी समेत रहेका मियाँलाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बलात्कार गरेर फरार भएका मियाँलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले बताए।