धनगढी, १० माघ/ कैलालीको धनगढी ६ मा अवस्थित जाली सामुदायिक वनको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका साथ सामुदायिक वनको साधारण सभा तथा चुनावी सभा सम्पन्न भएको हो ।
सामुदायिक वनले आ.ब. २०७६ ०७७ मा खर्च भन्दा आम्दानी बढि गरेको छ। घास दाउरा काठ बिक्रि, नयाँ प्रबेशि शुल्क, बिभिन्न दण्ड जरिवाना, बैंक ब्याज, अनुदान गरि ३१ लाख २८ हजार ३ सय ५० आम्दानी गरेको वन समितीले जनाएको छ।
धनगढी उपमहानगरपालिका नगर प्रमुख नृप बहादुर वडले साधारण सभालाई सम्बोधन गर्दै सामुदायिक वनलाई व्यवस्थापन गरी रोजगारी सिर्जना गर्ने अवसरको ठाउँको रूपमा विकास गर्नुपर्ने बताए । उनले सामुदायिक वनमा स्थानीय समुदायको पहुँच नभएसम्म आर्थिक विकास सम्भव नहुने र वन स्रोतको व्यवस्थापन, उपयोगबाट आम्दानीमा वृद्धि गरी समग्र सामुदाय र देश विकासमा समेत वनले योगदान पुर्याउँने बताए ।
यस्तै वन क्षेत्रले स्थानीय स्तरमा विद्यालय निर्माण, अन्य ग्रामीण आम्दानीका परियोजना, लगायतका ग्रामीण समुदायका मासिहरुका स्तरोन्नति हुने विभिन्न कार्यक्रम सञ्चालन गरि विकासको दिगो साधनको रूपमा समेत विकास गरिरहेको जाली सामुदायिक बनका अध्यक्ष खुसि राम चौधरिले बताए ।
सामुदायिक वनमा उपलब्ध काठहरूको सुमुदाय स्तरमै प्रयोग गर्न नसक्दा वनमा काठ कुहिरहेको छ। सरकारले काठ स्थानिय स्तरमै प्रयोग गर्न अनुमति नदिदा काठ कुहिरहेको समितिले जनाएको छ । स्थानिय स्तरमा उपलब्ध भएको काठ जनसमुदायमा नै प्रयोग गर्न दिने हो भने पनी देश बाहिर संगको ब्यापारमा कमी ल्याउन सकिने स्थानियको भनाइ छ ।