धनगढी, १० माघ/ नेकपा प्रचण्ड–नेपाल समूहको सुदूर पश्चिम प्रदेशको अध्यक्षमा भानुभक्त जोशी नियुक्त हुने भएका छन् ।
नेकपा सुदूरपश्चिम प्रदेश समितिले जोशीको नाम प्रदेश अध्यक्षमा केन्द्रमा सिफारिस गरेको हो ।
पार्टी बिभाजनपछि नेकपाका दुई वटै समूहले एक अर्कालाई कारबाही गर्ने र आफ्ना मान्छेलाई नियुक्त गर्ने क्रम जारी छ ।