• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेकपा ओली समूहसँग निहुँ नखोज्नुस् : महेश बस्नेत

८ माघ, सप्तरी । नेकपा ओली समूहका नेता महेश बस्नेतले केही दिनभित्रै मधेशवादी दलमा ठूलो पहिरो जाने बताएका छन् । उनले जनता समाजवादी पार्टी जसपाका नेताहरुको नेकपामा प्रवेशको लहर चल्ने दाबी गरे ।

सप्तरी सदरमुकाम राजविराजमा बिहीबार आयोजित पार्टी निकट युवा संघको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले मधेशवादी दलमा ठूलो पहिरो जाने बताए ।

‘युवा संघको अभियानमा जसपाका ५ जना केन्द्रीय सदस्य प्रवेश गरेका छन्,’ बस्नेतले भने, “केही दिनभित्रै एउटा नयाँ समाचार सुन्नुहुनेछ । मधेशवादी दलमा निक्कै ठूलो पहिरो जानेछ । भुइँचालो जानेछ । र, नेकपामा प्रवेशको लहर आउनेछ ।’

आफ्नो कार्यक्रम हुन नदिन यहाँका नेताले गरेको प्रयासलाई उनले प्रचण्डले मांसाहारी आन्दोलन गर्ने आह्वानलाई स्वीकारेको उनले बताए ।

यही भएर कार्यक्रम नगर्न समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको उनले बताए । ‘हामी हलभित्र सीमित हुन सक्दैनौं । हामी ठूलो कार्यक्रम गर्न चाहन्छौं’ उनले भने ।

उनले लोकतन्त्रमा सभा, सम्मेलन गर्ने, पार्टी प्रवेश गराउने कामलाई स्वभाविक मान्न सकिने बताए । ‘यद्यपि विरोध गर्दा नारा लगाउन सकिन्छ,’ उनले भने, ‘तर यो मेरो बपौती हो यहाँ कार्यक्रम गर्न पाइँदैन भनेर कसैले भन्छ भने सावधान त्यो दिन फेरिसक्यो ।”

उनले नेकपालाई टिपरसँग तुलना गरे । ‘टिपरसँग कहिलेकाहीं कालो चश्मा लगाएको मोटरसाइकलले निहुँ खोज्छ अनि टिपरले वास्ता गरेन भने बाटोमै अचार बनाइदिन्छ’ उनले भने, ‘नेकपा अहिलेको टिपर हो । निहुँ खोज्नेहरु मोटरसाइकल हो । निहुँ नखोज्नुस् ।’

नेता बस्नेतको अगुवाइमा मोटरसाइकल र्‍याली र अन्तरक्रिया कार्यक्रम निर्धारण भएपछि प्रचण्ड–माधव समूहको नेकपाका नेतारकार्यकर्ताले हुन नदिने बताएका थिए । प्रहरीले कार्यक्रम बिथोल्न खोजेको भन्दै ७ जनालाई पक्राउ गरेको थियो ।

दुई पक्षको विवाद हेरेर जिल्ला समन्वय समितिले हल उपलब्ध नगराउने बताएपछि स्थानीय राज रंगशालामा कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमस्थलमा व्याप्क सुरक्षाकर्मी परिचालन गरिएको थियो । सुरक्षाकर्मीको घेराभित्रै उनीहरुले कार्यक्रम गरेका हुन् ।

 

बिहिबार, माघ ०८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.