कैलाली, माघ ५/ सुदुरपश्चिममा प्रदेश स्तरिय मानब बेचबिखन प्रभावित सन्जाल गठन गरीएको छ । सन्जालले मानब बेचबिखन तथा ओसारपोसार न्युनीकरणका लागि मानब बेचबिखनमा परेका पिडितको उद्धार तथा वकालतका लागि काम गर्ने मानब बेचबिखन प्रभावित राष्ट्रिय सन्जालका अध्यक्ष्य चरीमाया तामाङले बताइन् ।
आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सँजालले सुदुरपश्चिममा मानब बेचबिखन प्रभावित महिला तथा पु्रुषका कानुनी हक अधिकारका लागि वकालत तथा पैरवी गर्ने तामाङले बताइन् ।
यस्तै कार्यक्रममा बोल्दै सुदुरपश्चि प्रदेशका मुख्य न्यायधीबक्ता कुलानन्द उपाध्ययले मानब बेचबिखन राष्ट्रिय मुद्धा र जघन्य अपराध भएको यसको न्युनीकरणका लागि सरकारले ध्यान दिनुपर्ने बताए । उनले सुदुरपश्चि प्रदेश सरकारले मानब बेचबिखन प्रभावितहरुका लागि छुट्टै निती तथा कार्यक्रम ल्याउनुपर्ने बताए ।