किशोर तामाङ/ पुनर्वास ४ माघ
कञ्चनपुरकाे पुनर्वासमा दक्षिणी क्षेत्र पुनर्वासमा जिपकाे ठक्करबाट १३ बर्षिया बालिकाकाे मृत्यु भएकाे छ ।
अाईतबार कञ्चनपुरकाे पुनर्वास नगरपालिकाकाे वार्ड नं. १ बलभद्रबस्ती नजिकैको सुकुम्बासी शिविर टोल नजिक रहेको बेलौरी पुनर्वास सडकखणड अन्तर्गत जीपकाे ठक्कर बाट घाईते भएकी किशाेरीकाे धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरिक्षक गाेपाल बाेहराले बताउनु भयाे ।
स्थायी ठेगाना पुनर्वास नगरपालिका वडा नम्बर ९ ख गाउँ बस्ने दिलु सार्की की १३ बर्षिया छोरी सुस्मिता सार्की मामा घर आएकी थिइन र आजै भएको घर फर्किने तरखरमा थिइन । अचानक तिब्र गतिमा धनगढी देखि बेलाैरी जान लागेकाे काे १ च ८२७८ नम्बरकाे बाेलेराे जीपले बाटो छेउमा कपाल कोर्दै गरेकी किशाेरीलाई ठक्कर दिएकाे स्थानीयवासी हरुले बताए ।
किशोरीलाई ठोकर दिई फरार रहेका गाडी र गाडीका चालक राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएकाे छ।
हिजो मात्रै पुनर्वास नगरपालिका-२ भानु युवा क्लबको खेलमैदान नजिकै यसै हुलाकी सडक खण्डमा से. १ त. ६५०६ नम्बरको ट्रेक्टर दुर्घटना हुँदा २१ जना भन्दा बढि युवा युवतीहरु घाईते भएका थिए ।प्रहरीका अनुसार ड्राइभरले मदिरा सेवन गरेको जनाईएको थियो ।