धनगढी ३ माघ/ कैलालीको थारु गाउँमा भलमन्सा चयनको कार्य सुरु भएको छ । माघी पर्वको अन्तिमदिनदेखि खोज्नीबोज्नी गर्दै गाउँका नेतृत्वका लागि भलमन्सा चयनको कार्य थालिएको हो ।
आज धनगढी उपमहानगरपालिका–६ जाली गाउँमा झरीलाल चौधरीलाई सर्वसम्मतिले भलमन्सा चयन गरिएको छ ।
यसैगरी सो गाउँका चौकीदारमा चानुराम चौधरी, फुलाराम चौधरी, रामकृष्ण चौधरी चयन भएका छन् । यस्तै तितरवा दहित र केसौकामा कालीराम चौधरी चयन भएका छन् ।
भलमन्साको अवधि एक वर्षको हुने गरेको छ ।