धनगढी, माघ २/ कैलालीको थारु गाउँमा भलमन्सा चयनको कार्य सुरु भएको छ । माघी पर्वको अन्तिमदिनदेखि खोज्नीबोज्नी गर्दै गाउँका नेतृत्वका लागि भलमन्सा चयनको कार्य थालिएको हो ।
आज धनगढी उपमहानगरपालिका–५ जाइँ गाउँमा कुलवीर चौधरीलाई लगातार पाँचौ पटक सर्वसम्मतिले भलमन्सा चयन गरिएको छ ।यसैगरी, सो गाउँका चौकीदारमा सन्तराम चौधरी, गुरुवामा दलबहादुर दहित र केसौकामा लौटन चौधरी चयन भएका छन् । भलमन्साको अवधि एक वर्षको हुने गरेको छ ।