धनगढी, पुस २९/ रोयल कोलाबोरेटिभ्सले कैलालीमा बिपन्न बस्तीमा राहात वितरण गरेको छ।
सेन्ट जेभियर्स कलेज काठमाडौँको सहकार्यमा कोलाबोरेटिभ्सले धनगढी उपमहानगरपालिका र कैलाली गाउँपालिकामा अति बिपन्न तथा गरिब घरपरिवार लाइ राहत सामग्री वितरण गरेको हो।
आज धनगढीमा पत्रकार सम्मेलन गर्दै बिपन्न बस्तीमा गएर सातदिन घरदैलोमै पुगेर वास्तविक अवस्था पहिचान गरी कैलालीका २२० घरपरिवारलाइ राहत सामग्री वितरण गरेको रोयल कोलाबोरेटिभ्सका संस्थापक गजेन्द्र शाहीले बताए।
रोयलले सामजिक कार्य एवम् परोपकारी सामजिक सेवामुलक क्षेत्रमा काम गर्दै आएको छ।


