• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

घरवासको आकर्षण कोदोको ‘सेलरोटी’

काठमाडौं, पुस २९/ अलि पहिल्यै गाउँघरमा प्रचलित कथन थियो, ‘चामल खाने धनी, कोदो खाने गरिब’ । गरिबको खान्की भनेर चिनिँदै आएको अन्न कोदोका परिकारप्रति पछिल्लो समय धनीको आकर्षण बढ्न थालेको छ । अहिले होटल, रेष्टुँरा तथा घरवासमा पुगेका पर्यटकले कोदोको परिकार खुब मिठो मानेर खान थालेका छन् भने घरवास सञ्चालक कुनै दिन गरिबको खानाको रूपमा चिनिएको कोदोका परिकार बनाएर मनग्य आम्दानी लिन थालेका छन् ।

सामान्यतयाः कोदोको ढिडो, रोटी खाना र खाजाको रूपमा प्रयोग गरिन्छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरवासमा भने कोदोको सेलरोटी प्रमुख आकर्षणका रूपमा छ । बर्खामा आलु र हिउँदमा कोदोको ढिडो र सेलरोटी घरवासको विशेष आकर्षणको रुपमा राखिएको छ ।

घरवास पुग्ने पाहुनाले चामलको सेल रोटी खाएको भएपनि कोदोको सेल नखाएको भन्दै खुब रुचाउँदै खाने गरेको घरवास सञ्चालक बताउँछन् । कोदोको सेलरोटीले आगन्तुक पाहुनालाई निकै लोभ्याउँदो रहेछ । आगन्तुक पाहुनाले कोदोको ढिडो, कोेदोको सेलरोटी, फापरको परिकार, उसिनेका आलु, सिल्टुमरको चटनी, आलु चिप्स, आलु अचार, आलु रोटीलगायतका परिकारले आन्तरिक तथा बाह्य पाहुनाको मन जित्ने गरेको घरवास सञ्चालक माया घर्तीले बताईन् ।

उच्च पहाडी गाउँको चिसो स्थानमा पाइने कोदो र आलु स्वादिलो हुने भएकाले पाहुनाले कोदो र आलुका विभिन्न परिकारका स्वाद निकै मिठो मानेर खाने गरेको बेलढुङ्गा सामुदायिक घरवासका सचिव गोपाल श्रीसले जानकारी दिए । “आगन्तुक पर्यटक र पाहुनालाई उनीहरुको इच्छाअनुसार खुवाउने चलन भएपनि हाम्रोमा कोदोको सेल र उसिनेको आलु अनिवार्य छ”, श्रीसले भने, “आलु र कोदोको परिकारलाई नै मुख्य आकर्षण बनाएका छौँ, जसमध्ये कोदोको सेलरोटी र उसिनेको आलु प्रमुख परिकारका रूपमा लिइएको छ ।”

सामान्यतया सेलरोटी चामलको पिठोबाट बनाउने भए पनि ओखलेका महिलाले कोदोको पिठोबाट सेलरोटी बनाउने गरेका छन् । जुन अलि पृथक र फरक स्वादको रूपमा घरवासमा आएका पाहुनाले खाने गरेका छन् । कोदोको सेल निकै फरक र स्वादिष्ट रहेको घरवास पुग्नुभएका बागलुङ बजारका मनकुमारी केसीले बताइन् । कोदोको सेल र आलुको परिकारले बागलुङका अन्य घरवासको तुलनामा बेलढुङ्गा घरवासको छुट्टै पहिचान दिन सफल भएको आन्तरिक पर्यटक दीपक गौतमले बताए ।

घरवासमा दोस्रोपटक आउने पाहुनाले सिधै आलु र कोदोको सेल रोज्ने गरेको घरवासका सञ्चालिका माया श्रीसले बताए । घरवासमा आयातित खाद्य सामग्रीलाई निषेध गरी स्थानीयस्तरमा उत्पादित खानाका परिकारलाई विशेषरूपमा प्रवद्र्धन गर्ने स्थानीयवासीको योजना छ । गाउँकै मुख्य बालीको रूपमा उत्पादन हुने आलु, कोदो, सिन्की, कुखुरा, खसी, साग तथा फापरको व्यावसायीकरण र अन्य उत्पादनलाई समेत प्रवद्र्धन गर्न अब गाउँलाई अग्र्यानिक भिलेजका रूपमा स्थापित गर्ने योजनासमेत बनाइएको घरवासका सञ्चालक श्रीसको भनाइ छ ।

कोदोको सेलरोटी र आलुको परिकारसँगै सिस्नोको खोले, फापरको पिठो, मकै, भटमास, बाँकाको सिन्कीलगायतका परिकारको समेत स्वाद लिन सकिन्छ । हाल एक रातमा ५० जना आरामदायी रूपमा बस्न मिल्ने गरी १२ घरमा घरवास व्यवस्थित गरिएको घरवास सञ्चालक उमा श्रीसले जानकारी दिइन् ।

बागलुङको धम्जा ओखले र म्याग्दीको भकिम्लीको सीमामा अवस्थित दुई हजार ६०० मिटर उचाइमा रहेको पर्यटकीयस्थल बेलढुङ्गाको अवलोकनका लागि आन्तरिक पर्यटक बढ्दै गएपछि दुई वर्षअघिदेखि घरवास सञ्चालनमा ल्याइएको थियो । बेलढुङ्गामा सूर्योदय, हिमाल र सुन्दर मनोरम प्राकृतिक दृश्यावलोकन गर्न पर्यटक आउने गरेका छन् ।

घरवासमा आउने पाहुनाको स्वागत सत्कारका लागि गण्डकी प्रदेश सरकारको १० लाख र काठेखोला गाउँपालिकाको रु एक लाख सहयोगमा २०० क्षमताको सामुदायिक भवनसमेत निर्माण गरिएको छ । जसमा पाहुनालाई सामूहिकरूपमा नाचगानसहित स्वागत सत्कार गरिनेछ । त्यसपछि खाना र आवासका लागि घरघरमा व्यवस्था छ ।

गाउँ पुगेका पाहुनालाई परम्परागत झाँकी, सालैजो, ठाडोभाका, यानीमायालगायत मौलिक गीत–सङ्गीत र नाच देखाउने गरिन्छ । पछिल्लो समय घरवासलाई समेत प्रवद्र्धन गर्ने गरी बागलुङ नगरपालिकाको पञ्चकोटबाट संसारकोट, कारिकोट, थाप्लेको धुरी, कान्छो धवलागिरि हुँदै धम्जा र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सिमानामा समेत पर्ने बेलढुङ्गा चढ्ने गरी पदमार्ग निर्माण थालनी गरिएको छ ।

रासस

बुधबार, पुष २९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.