• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बझाङमा मन्त्री ठगुन्नालाई कालो झण्डा

बझाङ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना बझाङ आइपुगेका छन्। जिल्ला सदरमुकाम चैनपुरमा नेकपा बझाङको आयोजनामा हुन लागेको बृहत आमसभालाई सम्बोधन गर्न मन्त्री ठगुन्ना बझाङ पुगेका हुन्।

नेकपामा विभाजन देखिएपछि नेकपाको ओली समूहले बझाङमा शक्ति प्रदर्शनसहित आमसभा गर्न लागेको हो। आमसभामा सहभागी हुन जिल्लाका विभिन्न ठाउँबाट कार्यकर्ता सदरमुकाम आइरहेका छन्। बझाङमा नेकपाका ओली र प्रचण्ड-माधव समूहले गुटगत कार्यक्रम गर्दै आएका छन्।

मन्त्रीको आगमनलाई लक्षित गरेर जिल्ला सदरमुकाम चैनपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ। चैनपुरको लोकतान्त्रिक चोकमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ताले विरोध र कालो झण्डा देखाउन सक्ने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको हो। मन्त्री ठगुन्ना बझाङ पुग्नुअघि प्रचण्ड-माधव समूहका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्नुका साथै टायर बालेका थिए।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला शान्ति व्यवस्थामा खलल पुग्ने र दुई समूहबीच झडपको स्थिति सिर्जना हुने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ। प्रचण्ड-माधव समूहले मन्त्री ठगुन्नालाई बाहुलीगाड नजिक कालो झण्डा देखाएको छ।

संसद विघटन असंवैधानिक भएको भन्दै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी  र अनेरास्ववियु जिल्ला कमिटीले कालो झण्डा देखाएका हुन्।  कार्यक्रम गरेपछि दुवै पक्षका कार्यकर्ताबीच झडपको स्थिति आउने सक्ने भन्दै सतर्कता अपनाउन सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए।

प्रधानमन्त्री ओलीको संसद् विघटनको विरोधमा प्रचण्ड-माधव समूह आन्दोलनमा छ। सुदूरपश्चिममा कमजोर देखिएको ओली समूहले शक्ति प्रदर्शन गर्न लागेको हो। बझाङमा पनि पूर्ववनमन्त्री भानुभक्त जोशी सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन थापा, जिल्ला अध्यक्ष मीनबहादुर कुंवर लगायतको समूह प्रचण्ड-माधव समूहमा देखिएका छन्।

मङ्गलबार, पुष २८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.